arrow

जलपाईगुडीमा पुगेर मोदीले गरे आदिकवि भानुभक्त आचार्यको प्रशंसा 

logo
प्रकाशित २०७५ माघ २५ शुक्रबार
modi_news.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको प्रशंसा गरेका छन् । चुनावी प्रचारको क्रममा शुक्रबार जलपाईगुढी पुगेका मोदीले नेपाली साहित्यका आदिकविको कर्मभूमिमा आउन पाउँदा आफू भाग्यमानी सम्झिएको बताए 

विरोधका बाबजुत जलपाईगुढी पुगेका मोदीले नेपाली साहित्यका आदिकवि आचार्यले नेपाली भाषामा रामायण लेखेको ठाउँ रहेको भन्दै आफू त्यो ऐतिहासिक भूमिमा आउँदा आफूलाई खुशी लागेको बताएका हुन् । उनले आचार्यको नेपाली साहित्यमा ठूलो योगदान दिएको भन्दै यही भूमिले नेपाली साहित्य मजबूत बनाउन सहयोग गरेको दाबी समेत गरेको समाचार भारतीय सञ्चार माध्यमहरुमा उल्लेख छ। 

बंगालकी मुख्यमन्त्री ममता वनर्जीले भारतीय जनता पार्टीका नेताहरुलाई बंगालमा लगाईएको प्रतिबन्धकाबीच प्रधानमन्त्री नरेन्द्र मोदी भाजपाको र्यालीमा सहभागी हुनको लागि शुक्रबार बंगाल पुगेका थिए । सिबीआईको मुद्दा पछि चर्चित बनेको बंगालको राजनीति भाजपा नेता एवं उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र मध्य प्रदेशका पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहानलाई बंगाल प्रवेशकोलागि निषेध गरेकी ममताले जवर्जस्ती योगी यस अघि र्यालीमा सहभागी भएपछि ममताले भाजपाका बंगाल बाहिरका सबै नेताहरुलाई चुनावी प्रचारको लागि बंगालमा प्रतिबन्ध लगाएकी हुन् । 

प्रधानमन्त्री कार्यालयबाट जारी एक बयानका अनुसार मोदी राष्ट्रिय राजमार्ग ३१ डीको फलाकाता सलसलाबाडी खण्डको चार लेन सडकको शिलान्यास गर्दैछन्। राष्ट्रिय राजमार्गको यो ४१ दशमलव ७ किलोमिटर लामो खण्ड पश्चिम बंगालका जलपाईगुडी जिल्लामा आउँछ। यसको  १९३८ करोड रुपैयाँको लागतबाट बनाउन लागिएको छ । यसका साथै उनी जलपाईगुडीमा उच्च न्यायालयको नयाँ सर्किट बेन्चको समेत उद्घाटन गर्दैछन् । 

अचम्मको कुरा त यो छ कि मोदी जुन र्यालीमा सहभागी बन्दैछन् त्यो र्यालीको लागि बंगाल सरकारले स्वीकृति नै दिएको छैन्। जुन स्थानमा प्रधानमन्त्री मोदी र्यालीको लागि जाँदैछन् त्यो ठाउँ मुख्यमन्त्री बनर्जीको गढ हो । भारतीय सर्वोच्च अदालतले झड्का दिएपछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता वनर्जी भड्किएकी छिन् । प्रदेशका प्रहरी प्रमुख पुलिस कमिश्नरको मुद्दामा अदालतबाट आफ्नो विपक्षमा हुनेगरी फैसला गरेपछि मुख्यमन्त्रीको आदेशमा भाजपाका सबै गैरबंगाली नेताहरुलाई वंगालमा आएर र्‍याली गर्न प्रतिबन्ध लगाएपछि उनको छटपटी बाहिर आएको हो 

ममता बनर्जी सरकारलाई सर्वोच्च अदालतले मंगलबार फैसला गर्दै सारदा चिटफण्ड घोटालामा छानविनको लागि कोलकाता पुलिस कमिश्नर राजीव कुमारलाई सिआईबीको कार्यालयमा हाँजिर हुन निर्देशन दिएको छ । शीर्ष अदालतले यो पनि स्पष्ट भनिदिएको छ कि तत्कालको लागि राजीव कुमारलाई गिरफ्तार भने नगर्नू । अदालतले राजीवलाई बंगालबाट बाहिर शिलोङमा सीबीआईले भनेको ठाउँमा उपस्थित हुनको लागि आदेश दिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ