arrow

एपिएफ पोखरा कपको फाइनलमा

logo
प्रकाशित २०७५ माघ २५ शुक्रबार
apf.png

कास्की । सशस्त्र प्रहरीको एपिएफ क्लब पोखरामा जारी छैटौँ संस्करणको ‘मनकामना केबलकार पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’को फाइनलमा पुगेको छ ।

आज भएको सेमिफाइनल खेलमा एपिएफले जापानको रिस्सो युनिभर्सिटीलाई ‘टाइब्रेकर’मा ४–१ गोल अन्तरले पराजित गरेको हो । नियमित र थप गरिएको अतिरिक्त ३० मिनेटको खेलमा दुवै टोलीबाट गोल हुन नसक्दा खेलको निर्णय टाइब्रेकरद्वारा गरिएको हो । एपिएफका लागि सुदीप सिखकार, आशीष लामा, राजीव लोप्चान र राजु नगरकोटीले गोल गरेका थिए भने जापानी टिमका तर्फबाट ताकुया हितोमीले मात्र गोल गरेका थिए । एपिएफका गोलकिपर नगरकोटी खेलको म्यान अफ दी म्याच भए । उनले रु पाँच हजार र ट्रफी प्राप्त गरे ।

कास्की जिल्ला फुटबल सङ्घको आयोजनामा माघ १५ देखि शुरु भएको प्रतियोगिताअन्तर्गत शनिबार मनाङ मस्र्याङ्दी क्लब र क्यामरुनको डफिन्स परिवारका बीच सेमिफाइनल हुने छ । विजेताले रु सात लाख ५५ हजार र उपविजेताले रु चार लाख पाँच हजार ५५५, मेडल र प्रमाणपत्र पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल तथा विधागत रुपमा उत्कृष्ट डिफेन्स, फरवार्ड, गोलकिपर, मिडफिल्डर र प्रशिक्षकलाई जनही रु २५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ