arrow

आगोमा जलेर १० फुटबल खेलाडीको मृत्यु

logo
एएफपी,
प्रकाशित २०७५ माघ २५ शुक्रबार
brazil-youth-footballer-flamengo.jpg

रियो दि जेनेरियो। ब्राजिलको अत्यधिक लोकप्रिय फुटबल क्लब फ्लामेङ्गो फुटबल क्लबका १० खेलाडीको मृत्यु भएको छ। क्लबको कार्यालयमा शुक्रबार आगलागी भएपछि आगोमा जलेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

मृत्यु भएकामा १४ देखि १७ उमेर समूहका खेलाडी रहेका छन्। उनीहरू क्लबमा खेलको अभ्यास गरिरहेका बेला आगलागी भएको स्थानीय टीभी ग्लोबोले जनाएको छ।

रियोको भर्गेम ग्राण्ड जिल्लामा रहेको अत्याधुनिक प्रशिक्षणस्थलमा स्थानीय समयानुसार बिहान ५ बजे आगलागी भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ