arrow

बंगालको प्रहरी कमिश्नरसँग मेघालयको अज्ञात ठाउँमा सिबीआईको बयान 

logo
प्रकाशित २०७५ माघ २६ शनिबार
Rajeev-Kumar-IPS-PTI-1549591119.jpg

नयाँ दिल्ली। कोलकाताका प्रहरी कमिश्नर राजीव कुमार सारदालाई चिटफण्ड घोटालामा प्रमाण नष्ट गरेको आरोपमा शनिबार सिबिआईले बयान लिने भएको छ। प्रमाण नष्ट गरेको र बयानको लागि समेत इन्कार गरेपछि सिबीआईको टोलीले सारदाको घरमा छापामारेपछि यो विषय राष्ट्रिय विषय बनेको छ। 

मेघालयको मुख्यालय शिलोङमा उनको बयान लिईँदैछ। बयान दिनको लागि कुमार शुक्रवार नै मेघालयको राजधानी शिलोङ पुगेका छन्। सिबीआईले कुन ठाउँमा उनको बयान लिन्छ भन्ने कुरा पनि अझै यकीन भएको छैन। एक सिबीआईका अधिकारीले बताए अनुसार अझैपनि उनको बयानको लागि स्थान तय भईनसकेको भारतीय मेडिया नवभारत टाईम्ले जनाएको छ। बयान सिबिआईको कार्यालयमा पनि हुनसक्छ र अन्य कुनै एकान्त ठाउँमा पनि हुनसक्छ। कुमारको साथमा बयानका लागि कोलकाता पुलिसका तीन अन्य आईपीएस अधिकारी समेत मेघालय गएका छन्। 

गृह विभागका एक वरिष्ठ अधिकारीले भने, 'कुमारलाई शहरको एक ठूलो होटलमा राखिएको छ। राज्य पुलिस उनको सुरक्षा गरिरहेका छन्।' सीबीआई अधिकारीहरुको एक टोली दिल्लीबाट उनको सोधपुछको लागि मेघालय पुगेका छन्। उनीहरु शुक्रबार राती मेघालय पुगेका हुन्। सर्वाेच्च अदालतले मंगलवार कोलकाताका पुलिस कमिश्नरलाई सिबीआईलाई बयान दिन र सारदा चिटफण्ड घोटालाको अनुसन्धानमा सहयोग गर्न आदेश दिएको थियो। तर, उनलाई गिरफ्तार नगर्न पनि शीर्ष अदालतले आदेश दिएको छ। 

के हो घटना ?
सीबीआईले सुप्रीम कोर्टमा आरोप लगाएको थियो कि सारदा चिटफण्ड घोटालाको एसआईटी जाँचको अगुवा हुनुपर्ने कुमारले विद्युतीय प्रमाणहरु नष्ट गर्ने काम गरेका छन्।  कुमारले प्रमाण नष्ट गरेर यसको दस्तावेजहरु सिबिआईलाई दिए। यसरी विवाद उत्पन्न भएपछि उनलाई कुनैपनि विवाद रहित स्थान मेघालयको शिलोङमा सिआइबीलाई बयान दिनको लागि सर्वोच्चले आदेश दिएको थियो। 

यसभन्दा पहिले आइतबार कुमारको घरमा सोदपुछका लागि सिबिआईका अधिकारीहरु पुगेका थिए। तर कोलकाता प्रहरीले ती अधिकारीहरुलाई अपमानका साथ केही घण्टासम्म हिरासतमा समेत लिईएको थियो। त्यसपछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले संविधान बचाउनको लागि भन्दै ३ दिनसम्म धर्ना सुरु गरेकी थिइन्। फेरि सर्वोच्चले सुनवाई गरेपछि उनले धर्ना त्यागेकी थिइन्। ममताले अदालतको सो फैसलाले आफ्नो नैतिक जीत भएको बताएकी छिन्। 

पूर्व सीबीआई अफिसरकोमा समेत छापा
केन्द्रीय अनुसन्धान ब्यूरोद्वारा कोलकाताका पुलिस कमिश्नर राजीव कुमारसँग सोदपुछ गर्नु भन्दा एक दिन पहिले प्रहरीले सीबीआईका पूर्व अन्तरिम निर्देशक नागेश्वर रावकी पत्नीसँग कथित रूपमा सम्बद्ध गैर(बैङ्किङ्ग वित्त कम्पनीको दुई प्रकारको सम्पत्तीहरुमाथि छापा मारेको थियो। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ