arrow

रात्रीकालिन उडान सहजताका लागि प्राधिकरण र बुध्द एयरको पहल

logo
राखी साह, 
प्रकाशित २०७५ माघ २६ शनिबार
janakpur-airport.jpg

जनकपुरधाम। जनकपुर विमानस्थलमा ‘कम भिजिविलिटी’ तथा रात्रिकालिन उडान सहजताका लागि नागरिक उड्डयन प्राधिकरण र बुध्द एयरको पहल शरु भएको छ। यसै क्रममा शुक्रबार जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लाल किशोर साह, नागरिक उड्डयन प्राधिकरणका निर्देशक दीपक बराल, जनकपुर नागरिक उड्डयन प्राधिकरणका प्रवन्धक सन्तोष ढकाल, बुध्द एयर जनकपुर स्टेशन म्यानेजर विजय सिंहसहितका सरोकारवालासँग वृहत्त छलफल गरेका छन्।

कार्यक्रममा पिबिएन फ्लाइट प्रोसीजरका लागि अवरोधहरुलाई सकेसम्म छिटो हटाउने सहमति भएको हो। केही दिन अगाडि प्रदेश नम्बर दुईका मुख्यमन्त्री मोहम्मद लालबाबू राउतलाई बुद्ध एयरले बुझाएको ध्यानाकर्षण पत्रमा पुर्नविचार गर्दै रात्रीकालिन उडानको लागि वृहत छलफल गरिएका छन्।

बुद्ध एयर जनकपुरधामका प्रबन्धक विजयकुमार सिँह सहितका टोलीले जनकपुर विमानस्थलमा बुद्ध एयरको रात्रीकालिन उडानको लागि तयार गर्नुपर्ने पूर्वाधारको विषयमा वृहत छलफल गर्दै शिघ्र नै जनकपुरधाममा रात्रीकालिन उडान गर्ने जनाएका हुन्।

सो छलफल कार्यक्रममा हुने अवरोधहरुलाई सकेसम्म छिटो हटाउने सहमति भएको हो। यी काम केही महिनामै सम्पन्न हुने र बुध्द एयरले रात्रिकालिन उडान पनि थप्ने प्रतिवद्धता जाहेर गरेका हुन्। यसबाट जनकपुरको पर्यटनलाई टेवा पुग्ने विश्वास व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ