arrow

क्रिकेटबारे थाहा नभएका रमाइला तथ्य

logo
प्रकाशित २०७५ माघ २६ शनिबार
cricket-history.jpg

काठमाडौं। पछिल्लो समय नेपालमा क्रिकेटका फ्यान बढ्दो क्रममा छन्। साथै नेपाली क्रिकेटको पछिल्ला सफलताको कारण क्रिकेटमा चासो राख्नेको संख्या पनि बढ्दो छ। यद्यपि यो खेलको बारेमा धेरैलाई यी रोचक तथा रमाइला तथ्या भने थाहा नहुन पनि सक्छ– 

१. क्रिकेटको शुरुवात इंगल्याण्डबाट भएको हो। त्यतिबेलादेखि इंगल्याण्डमा भेडाको संख्या बढेको थियो। त्यतिबेला भेडाको उनबाट बनाइएको बल छोटो घाँस हुने मैदानमा खेलिथ्यो।

२. पहिलो खेल सन् १६४६ मा खेलिएको रेकर्ड छ। यो खेल खेल्न गएका खेलाडीहरुलाई पछि चर्चमा उपस्थित नभएको भन्दै जरिवाना गरिएको थियो।

३. सन् १७६० सम्म क्रिकेटको ब्याट सोझो हुन्थ्यो। तर, हावामा प्रहार गरिनु सामान्य थियो। त्यसैले ब्याटको आकार केही कर्भ बनाइएको थियो। 

४. अहिलेसम्मको सबैभन्दा लामो क्रिकेट सन् १९३९ मा इंगल्याण्ड र दक्षिण अफ्रिकाको बीचमा भएको थियो। यो खेल १४ दिनसम्म खेलिएको थियो। यसमा बराबरीको नतिजा हासिल भएको थियो।  

५. क्रिकेट खेल रोकिने वा ढिलाइ हुनुको धेरैजसो कारण वर्षा र अध्याँरो हुनु रहने गरेको छ। 

६. एकपटक क्रिकेटमा सुँगुर छिरेको कारण खेल रोकिएको थियो। अहिले पनि क्रिकेट भइरहेको समयमा कुनै जनावर मैदानमा पस्यो भने खेल अवरुद्ध हुन्छ। 

७. एकपटकमा केवल एकमात्र खेलाडी रनआउट हुन सक्छ। त्यसको निर्णय अम्पायरले गर्छन्। 

८. क्रिकेटमा दुई अम्पायर मैदानमा हुन्छन् भने एक अम्पायर मैदानबाहिर हुन्छन्। 

९. यो टोलीमा खेलिने खेल भए पनि पत्येक खेलाडी निकै दबाबमा हुने गर्छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ