arrow

चीनमा पेट्रोलियम पदार्थको प्रयोगमा वृद्धि

logo
सिन्ह्वा,
प्रकाशित २०७५ माघ २६ शनिबार
china-petroleum.jpg

बेइजिङ, चीन। चीनको प्रशोधित पेट्रोलियम पदार्थको प्रयोगमा सन् २०१८ मा वृद्धि भएको शनिबार सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ। “चीनमा गत बर्ष झण्डै ३२ करोड ५० लाख टन प्रशोधित तेलको खपत भएको छ यो अघिल्लो बर्षको तुलनामा छ प्रतिशत बढी हो,” चीनको राष्ट्रिय विकास तथा सुधार आयोगद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ।

तेल उपयोगको गति सन् २०१७ मा ५.९ प्रतिशत रहेको थियो। सन् २०१८ मा कार प्रयोगमा ७.८ प्रतिशतको वृद्धि रहेको थियो। सन् २०१७ मा चीनमा कार प्रयोग गर्ने व्यक्तिको सङ्ख्यामा १०.२ प्रतिशत रहेकोमा यसमा वृद्धि आई १८ प्रतिशत पुगेको हो।

गत बर्ष डिजेल प्रयोगमा गत बर्षभन्दा चार प्रतिशतले वृद्धि आएको देखिएको छ। यो पनि डिजेल प्रयोगमा देखिएको सामान्य वृद्धि हो।

प्रशोधित तेलको जम्मा उत्पादन ३६ करोड ८० लाख टन पुगेको छ जुन अघिल्लो बर्षको तुलनामा ६.३ प्रतिशत वृद्धि हो।

चीनको कच्चा तेल उत्पादनमा अघिल्लो बर्षको तुलनामा सन् २०१८ मा १.१ प्रतिशतको कमी आई जम्मा १८ करोड ९० लाख टन पुगेको छ भने कच्चा तेल प्रशोधनमा ४.६ प्रतिशतले वृद्धि भई जम्मा ५८ करोड ८० लाख टन पुगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ