arrow

बंगालका कमिश्नरलाई बन्द कोठामा ८ घण्टासम्म सिबिआईको बयान, आईतबार फेरि

logo
प्रकाशित २०७५ माघ २६ शनिबार
Rajeev-Kumar-IPS-PTI-15495911191.jpg

नयाँ दिल्ली । सारदा चिटफण्ड घोटालामा केन्द्रीय जाँच ब्यूरो (सीबीआई)ले शनिवार कोलकाताका पुलिस आयुक्त राजीव कुमारसँग करीब ८ घण्टासम्म बयान लिएको छ । राजीव कुमारसँग पूरा बयान नसकिएकोले आईतबार पनि उनीसँग बयान लिईने सिबीआईले जनाएको छ ।

राजीव कुमारमाथि प्रमाण लुकाएको र नष्ट गरेको आरोप लागेको छ । यस भन्दा अघि बयान दिन जान इन्कार गरिरहेका कुमारलाई सर्वाेच्च अदालतले तटस्थ स्थानमा गएर बयान दिनको लागि आदेश दिएको थियो । यो आदेश पछि शुक्रबार बयानको लागि उनी मेघालयको राजधानी शिलोङ पुगेका थिए । 

सीबीआई स्रोतका अनुसार जाँच एजेन्सीका अधिकारीहरुले आफ्नो शिलोङको शाखा कार्यालयमा विहान ११ बजेदेखि उनको बयान लिन सुरु गरेको थियो । बीचमा छुट्टी समेत नदिई उनलाई साँझ साढे ७ बजे मात्रै शनिबारको लागि विदाई गरिएको थियो । 

राजीव कुमारसँग रविवार समेत बयान जारी रहने छ । उता, सीबीआईले आईतबार शिलोङमा तृणमूल कांग्रेसका पूर्व सांसद कुणाल घोषसँग समेत बयान लिने तयारी गरेको छ । घोषको नाम समेत यो घोटालामा बाहिर आएको छ । यसअघि पश्चिम बंगाल सरकारको तर्फबाट गठित एसआईटीले कुणाल घोषलाई गिरफ्तार समेत गरेको थियो । 

अचम्मको कुरा यो हो कि सारदा  तथा रोज बेली चिटफण्ड मामलाको जाँचको सम्बन्धमा सीबीआईको एक टीम गत आइतबार कोलकातामा राजीव कुमारको आवासमा बयानको लागि पुगेको थियो । बयान लिन पुगेको टोली माथि कोलकाता प्रहरीले धक्कामुक्का गर्दै केही समय सिबिआई टोलीलाई हिरासतमा समेत लिएको थियो । यही सिबिआई र राज्यको प्रहरीकोबीचको विवादका कारण मुख्यमन्त्री ममता वनर्जी समेत ७२ घण्टासम्म धर्ना बसेकी थिईन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ