- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा लिभरपुल पुनः शीर्षस्थानमा पुगेको छ । घरेलु मैदानमा शनिबार एएफसी बोर्नमाउथलाई ३–० ले हराएपछि म्यानचेस्टर सिटीलाई पछि पार्दै लिभरपुल पुन शीर्षस्थानमा उक्लेको हो ।
लिभरपुलले साडियो मानेको गोलबाट २४ औं मिनेटमा मिनेटमा अग्रता लिएको थियो । जेम्स मिल्नरको क्रममा उनले हेडमार्फत गोल गरेका थिए । त्यसको १० मिनेटपछि जर्जियो विज्नाल्डुमले गोल गर्दै अग्रता दोब्बर पारे ।
दोस्रो हाफको तेस्रो मिनेटमा मोहम्मद सालाहले गोल गर्दै टोलीको जित निश्चित पारे । जितपछि लिभपुलको ६५ अंक पुगेको छ ।
अन्य खेलमा आर्सनलका हर्डसफिल्ड टाउनलाई २–१ ले कार्डिफ सिटीले साउथ ह्यामटनलाई २–१ ले तथा वार्टफोर्डले एभर्टनलाई १–० ले पराजित गर्यो । त्यस्तै क्रिस्टल प्यालेस र वेस्ट ह्याम युनाइटेडले १–१ बराबरी खेलेका छन् ।
म्यान्चेस्टर सिटी र चेल्सीबीच भिडन्त
दोस्रो स्थानको म्यान्चेस्टर सिटीले आइतबार राति ९ः४५ बजे चेल्सीसंग खेल्दैछ । खेल राति सिटीको मैदानमा हुँदैछ ।
यो खेल जिते सिटी पुनः शीर्ष स्थानमा पुग्नेछ । हारले लिभरपुलको स्पष्ट तीन अंकको अग्रता कायम हुनेछ । चेल्सी ५० अंकबाट पाँचौं स्थानमा छ ।
लगातार जित कायम राखेको म्यान्चेस्टर युनाइटेड ५१ अंकबाट चौथो स्थानमा छ ।