arrow

रियालले बार्सिलोनासंग अंक दूरी कम गर्यो, क्यासेमिरो, रामोस र बेलले गरे गोल

logo
प्रकाशित २०७५ माघ २७ आइतबार
real-madrid13.jpg

काठमाडौं । स्पेनिस लिग फुटबल ला लिगा अन्तर्गत शनिबार राति रियाल मड्रिडले एट्लेटिको मड्रिडलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ । एट्लेटिकोको घरेलु मैदानमा रियाल ३–१ ले विजयी भयो । 

Gareth Bale came off the bench to score his 100th Real Madrid goal in their win over Atletico

खेलको १६ औं मिनेटमा रियालले क्यासेमिरोको गोलमा अग्रता लिएको थियो । सर्जियो रामोसको हेडरलाई क्यासेमिरोले पेनाल्टी क्षेत्र भित्रबाट दर्शनीय ढंगले गोलमा परिणत गरेका थिए ।

Casemiro scored the opening goal of the game with a sensational acrobatic effort

त्यसको ९ मिनेटमा नै एट्लेटिको खेलमा फर्कियो । एन्जल कोर्रियाको पासमा एन्टोइन ग्रिज्मनले गोल गर्दै खेल बराबरीमा ल्याए ।

Their lead did not last long though as Antoine Griezmann ran through and finished calmly

पहिलो हाफको ३ मिनेट समय बाँकी रहँदा रियालले पुनः अग्रता कायम गर्यो ‌। जोसे जिमिनेजले पेनाल्टी क्षेत्रभित्र गल्ती गरेपछि प्राप्त पेनाल्टीलाई रियालका कप्तान सर्जियो रामोसले गोलमा परिणत गरे ।

Real captain Sergio Ramos put his team ahead once again from the penalty spot

खेलको ७४ औं मिनेटमा रियालका लागि वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका ग्यारेथ बेलले लुका मोड्रिचको पासलाई सदुपयोग गर्दै रियालको जित सुनिश्चित गरे ‌। 

The veteran defender produced a bizarre celebration with Lucas Vazquez after scoring

खेलको १० मिनेट समय बाँकी रहँदा एट्लेटिको १० खेलाडीमा समेटियो । थोमस पार्टे दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएका थिए ।

Both teams observed a minute of silence before kick-off to pay tribute to Isacio Calleja

यस जितसँगै रियलले लिगको अंक तालिकामा दोस्रो स्थान कब्जा गरेको छ । रियालले २३ खेलमा ४५ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको एट्लेटिकोले समान खेलमा ४४ अंक बनाएको छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको २२ खेलबाट ५० अंक छ ।

Thibaut Courtois was the subject of a raucous atmosphere as he returned to his former club

शनिबारका अन्य खेलमा गेटाफेले सेल्टाभिगोलाई ३–१ ले, स्पानियोलले राय भाएकानोलाई २–१ ले हरायो भने भल्लाडोलिड र भिल्लारियलले गोलरहित बराबरी खेले । 

A stuffed rat lies on the pitch after Atletico fans launched objects at their former goalkeeper



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ