arrow

विषादीयुक्त मदिराले १०६ को लियो ज्यान, मदिरामा स्प्रिट वा मुसा मार्ने विष

logo
प्रकाशित २०७५ माघ २७ आइतबार
died.jpeg

काठमाडौं । भारतको उत्तरप्रदेश र उत्तराखण्डका चार जिल्लामा विषादीयुक्त मदिरा सेवनले ज्यान गुमाउनेको संख्या शनिबार रातिसम्म १०६ पुगेको छ । 

स्वास्थ्य विभागका अनुसार सबैभन्दा बढी ५५ जनाको मृत्यु सहारनपुरमा भएको छ । मेरठमा १८, कुशीनगरमा १० तथा उत्तराखण्डमा २६ जनाको मृत्यु भएको छ । 

मदिरामा स्प्रिट वा मुसा मार्ने बिष राखिएको हुन सक्ने बताइएको छ । 

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रमुख सचिव र डीजीपीलाई मदिरा माफियाका विरुद्धमा कडा कार्वाही गर्नुका साथै दोषी अधिकारीहरुलाई निलम्बन गर्न निर्देशन दिइसकेका छन् । 

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले मृतकका परिवारलाई जनही २–२ लाख भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् । 

जहरीली शराब से प्रभावित घरों तक पहुंचे अधिकारी।

सहारनपुरका एसएसपी दिनेशकुमारले घटनापछि ३० जनालाई गिरफ्तार गरिएको बताए । नेताहरुको संरक्षणमा मदिराको धन्धा चलाएको आरोप लगाइएको छ । 

थुप्रै मदिरासेवनकर्ताको हालत गम्भीर रहेको भारतीय संचारमाध्यमहरुले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ