arrow

केही दिनअघि बिहे भएका सांसदको सरस्वती पूजा गर्दा गोली हानी हत्या 

logo
प्रकाशित २०७५ माघ २७ आइतबार
satya-jeet-bishwas.jpeg

काठमाडौं । भारतको पश्चिम बंगालमा शनिबार राति तृणमूल कांग्रेसका सांसद सत्यजीत विश्वासको गोली हानी हत्या भएको छ । 

सरस्वती पूजाको कार्यक्रममा गएका बेलामा अज्ञात समूहले गोली हानेको थियो । तत्काल उनलाई नजिकैको अस्पतालमा लगे पनि उनलाई चिकित्सकले मृत घोषित गरेका थिए । 

प्रहरीका अनुसार आक्रमणकारीले प्वाइन्ट ब्ल्यांकबाट गोली हानिएको थियो । 

सत्यजीत नादिया जिल्लाबाट विधायक बनेका थिए । उनको केही दिन पहिले विवाह भएको थियो । 

तृणमुल नेता शंकर दत्ताले यो घटनामा भाजपाको हात रहेको आरोप लगाएका छन् । बंगला भाजपाका अध्यक्ष दिलीप घोषले आरोपको खण्डन गरेका छन् । उनले सीबीआई जाँच हुनुपर्ने बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ