arrow

सन्दिपको तीन विकेट, मेलबर्न सेमीफाईनलमा

logo
प्रकाशित २०७५ माघ २७ आइतबार
Sandeep_bbl1.jpg

काठमाडौं। नेपाली क्रिकेट स्टार सन्दिप लामिछानेको टोली मेलबर्न स्टार्स बिग बास लिग (बिबिएल) क्रिकेटको सेमीफाईनलमा प्रवेश गरेको छ। जित हात पार्ने क्रममा सन्दिपले ३ विकेट लिएका थिए।

सिड्नी सिक्सर्सलाई ९४ रनले पराजित गर्दै मेलबर्नले सेमीफाईमलको यात्रा तय गरेको हो। लिगको अन्तिम खेलमा सेमीफाईनल प्रवेशका लागि जित्नै पर्ने दवाबमा खेलेको मेलबर्नले सहज जित हात पारेको हो।

टस हारेर पहिले ब्याटीङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १सय ६८ रन बनाएको थियो। कप्तान म्याक्सवेलले ८२ रन बनाएका थिए। ४३ बलमा ६ छक्का र ४ चौकाको मदतले उनले उक्त रन बनाएका थिए।

अन्तिम खेल अघि नै सेमीफाईनलको यात्रा निश्चित गरिसकेको सिड्नीले १३.४ ओभरमा सबै विकेट गुमाउँदै ९४ रन मात्र बनाउन सकेको थियो।

सन्दिपले ३.४ ओभरमा ११ रन खर्चिंदै ३ विकेट लिएका थिए। आठौं ओभरमा बलिङ गर्न आएका उनले आफ्नो पहिलो ओभरको पाँचौ बलमा साम कुरेनलाई एलबीडब्लु आउट गरेका थिए।त्यसपछि १२ औं ओभरमा बेन ड्वारसुइसलाई कप्तान म्याक्सवेलबाट क्याच आउट गराएका थिए। उनले तेस्रो विकेट लिएसँगै विपक्षी टीमको सबै विकेट पतन भएको थियो।

त्यसैगरि एडम जाम्पाले २ विकेट लिएका थिए। खेलका प्लेयर अफ म्याच मेलबर्नका कप्तान म्याक्सवेल घोषित भए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ