arrow

खुल्ला २५ बाट को चिप्लीने, को ओरालोमा ?

logo
प्रकाशित २०७२ फागुन २७ बिहिबार
Manamohan-Bhattrai.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसको १३औं महाविधेशनमा भएको खुल्ला केन्द्रीय सदस्य तर्फको अहिले सम्मको मतगणना अनुसार पुराना केही नेताहरु चिप्लीने संकेत देखिएको छ । १२औं महाविधेशनमा खुल्ला तर्फको केन्द्रीय सदस्य हुन २५ जना भित्र परेका केही नेताहरु नै चिप्लीने देखिएको छ भने केही नेताहरुको लोकप्रियता खस्केको देखिएको छ । 
 
पहिलो दिन भएको १ सय ५० मत गणनाको नतिजा अनुसार पुराना २५ मध्ये मनमोहन भट्टराई यस पटक बाहिरिने संभावना देखिएको छ । यसअघि २३ नं.मा रहेर विजयी भएका भट्टराई यस पटक ३०औं नं.मा परेका छन् । उनी वाहेक लोकप्रियता खस्केको देखिएका अन्य केही नेताहरु पनि फुत्कीने खतरा देखिएको छ। तर अधिकाँश भने कायमै रहने भएका छन् । खाली भएका ठाउमा मात्र नयाँ नेताले पुर्ति गर्ने देखिएको छ । पुरै उथलपुथल हुने देखिएको छ्रैन । 
 
नेता खुमबहादुर खड्काले आफ्नो अग्रता कायमै राखेका छन् । यसअघि पहिलो र दोस्रो नं.मा परेका गगन थापा र अर्जुननरसिंह केसी भन्दा पछि रहेका खड्का उनीहरु महामन्त्रीको उम्मेदवार भएपछि एक नं.मा पुग्न पाएका छन् । 
 
प्रदिप गिरि अघिल्लो बर्ष र अहिले उही पाँच नं.मा परेका छन् । ११ नंं.मा रहेका शेखर कोईराला अहिले लोकप्रियता बढाएर ३ नं.मा पुगेका छन् भने सुजाता कोईरालाको लोकप्रियता दोव्वर घटेको देखियो । यसअघि ६ नं.मा रहेकी उनी यस पटक १३औं नं.मा पुगेकी छन् । ८ नं.मा रहेका रामशरण महत पनि यसपटक १८औं नं.मा ओरालो लागेका छन् । 
 
बालकृष्ण खाँडले भने एक नं. सुधारेको देखियो । उनी यसअघि ९ नं.मा थिए भने अहिले ८ नं.मा छन् । पुर्ण बहादुर खड्काले पनि ठ्याक्कै दोव्वर सुधारेको देखियो । यसअघि २० नं. मा परेका खड्का अहिले १० नं.मा आईपुगेका छन् । डा. मिनेन्द्र रिजालले पनि लोकप्रियता सुधारेका छन् । पहिला १५ नं.मा भएपनि यसपटक उनी १३ नंंं. मा उक्लीएका छन् ।  महेश आचार्य पनि पहिला १२ नंं मा रहेकोमा अहिले ७ नं.मा पर्न सफल भएका छन् । 
 
अरु पनि केही नेताहरुको अवस्थामा सुधार आएको देखिएको छ । यसअघि २२ नं.मा रहेका केवी गुरुङले यसपटक निक्कै धेरै सुधार गरेर अहिले ९ नं.मा पुगेका छन् । गोपालमान पनि लोकप्रिय भएछन् । १८ बाट १६मा उक्लीएका छन् । २१ का शंकर भण्डारीको अवस्था राम्रो देखियो । उनी अहिले १२मा पुगेका छन् । ज्ञानेन्द्र बहादुर कार्की २४ बाट २१मा उक्लीएका छन् ।  
  
नारायण खड्काले १७औ नं. र प्रकाशसरण महतले १४ नं. लाई भने अहिले पनि कायमै राखेका छन् । 
 
तर चन्द्र भण्डारीको अवस्था भने सन्तोजनक देखिएन । यसअघि १६औं नं.मा रहेका भण्डारी यसपटक २३औं नं.मा झरेका छन् । १० नं. का एनपी साउद २२ नं.मा पुगे । बलबहादुर केसी एक तह तल झर्दै २०औमा परेका छन् । 
 
मतगणनाको अन्तीम नजिता सम्म उनीहरुको अवस्था यस्तै रहने निश्चिीत नभएपनि केही मात्रै तलमाथी हुने संभावना देखिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ