arrow

भारत बिरुद्धको क्रिकेट श्रृंखला न्युजिल्याण्डलाई

logo
प्रकाशित २०७५ माघ २७ आइतबार
NZ_IND_T20I.jpg

काठमाडौं। भारत बिरुद्धको टि-२० अन्तराष्ट्रिय क्रिकेट श्रृखंला न्युजिल्याण्डले २-१ले जितेको छ। अन्तिम टि-२० खेलमा ४ रनले पराजित हुँदै भारतले श्रृखंला गुमाएको हो ।

नियमित कप्तान एवं स्टार खेलाडी बिराट कोहली बिना खेलेको श्रृखंलामा भारत पराजित भएको हो। कोहलीको ठाउँमा कप्तान रहेका ‘हिटम्यान’ भनेर चिनिने रोहित शर्माले राम्रो प्रदर्शन गरे पनि श्रृखंला जिताउन सकेनन्।

अन्तिम टि-२० खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतीमा २१२ रन जोडेको थियो। प्रारम्भिक ब्याट्सम्यान द्वय कोलिन मुनरो र टिम सेपर्टले क्रमश ७२ र ४३ रन बनाएका थिए। उक्त रन बनाउने क्रममा  मुनरोले ४० बलमा ५ छक्का र ५ चौका प्रहार गरेका थिए।

भारतका लागि कुलदिप यादवले २ विकेट लिएका थिए भने भुवनेश्वर कुमार र खलिल अहमदले १-१ विकेट लिएका थिए।

जवाफमा ब्याटीङ गर्न ओर्लेको भारत २० ओभरमा ६ विकेटको नोक्सानीमा २०१८ रनमा रोकिएको थियो।भारतका लागि बिजय शंकरले ४३ र कप्तान रोहित शर्माले ३८ रनको योगदान दिएका थिए। न्युजिल्याण्डका मिचेल स्यान्टर र ड्यारेल मिचेलले २-२ विकेट लिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ