arrow

राहुल झुटको नायक भएको शिवराजको आरोप

logo
एएनआई,
प्रकाशित २०७५ माघ २७ आइतबार
rahul-gandhi.jpg

भडोडारा, भारत। भारतको मध्य प्रदेशका पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहानले भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धी झुटको नायक भएको आरोप लगाएका छन्। गान्धीले अरुलाई जे जस्ता आरोपहरु लगाउदै आएका छन् ती सवै झुट र अस्विकार्य भएको चौहानको भनाई छ।

अध्यक्ष गान्धीले केही दिनअघि प्रधानमन्त्री नरेन्द्र मोदीलाई डराउने व्यक्तिको रुपमा चित्रित गर्दै खुल्ला बहसका लागि आउन चुनौती दिनु भएको थियो। यहाँ आयोजित एक कार्यक्रममा बोल्दै नेता चौहानले अध्यक्ष गान्धीका अभिव्यक्ति खराब भएको र उनले झुट कुराहरु दोहोर्‍याउन गरेको आरोप लगाएका थिए।

गान्धीका ती आरोपको खण्डन गर्दै मुख्यमन्त्री चौहानले आज सो भनाई राखेका थिए। भारतमा यसैवर्ष लोकसभा निर्वाचन हुन लागेकाले दलका नेताहरुले एकले अर्का तथा विपक्षीहरुलाई अनेक आरोप लगाउने र होच्याउने अभिव्यक्तिहरु दिन थालेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ