arrow

चीनमा ११ को मृत्यु, नौ घाइते

logo
सिन्ह्वा,
प्रकाशित २०७५ माघ २७ आइतबार
china-flag.png

हेफेइ, चीन। चीनको पूर्वी प्रान्तमा भएका दुई छुट्टा छुट्टै दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ। चीनको अन्हुइ प्रान्तमा भएका दुई सवारी दुर्घटनामा परी अरु ११ जना घाइते भएका स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन्।

आइतबार बिहान अन्हुइमा भएको एउटा दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने अरु चार जना घाइते भएका हुन्। स्थानीय समयअनुसार विहान ५.१२ मा दुर्घटना भएको थियो। सो दुर्घटनामा परी चार जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पतालमा मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।

घाइते अरु चार जनाको अवस्था स्थीर रहेको जनाइएको छ। अर्को दुर्घटना स्थानीय समय अनुसार ८.११ बजे विहान लुजिङको हेफेइमा भएको हो।

यस दुर्घटनामा पनि छ जनाको मृत्यु भएको र पाँच जना घाइते भएका स्थानीय प्रहरीले जानकारी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ