arrow

शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने

logo
सिन्ह्वा,
प्रकाशित २०७५ माघ २७ आइतबार
usa-south-korea.jpg

सोल। दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले अमेरिका र उत्तर कोरियाको शिखर बैठकअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने भएका छन्। दोस्रो शिखर बैठकका बारेमा मुनले ट्रम्पसँग छलफल गर्न लागेको दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लु हाउसले आइतबार जनाएको छ।

ब्लु हाउसका प्रवक्ता किम एउइ केउमले मुन र ट्रम्पको भेटवार्ताका लागि तयारी शुरु भइसकेको बताए। प्रवक्ता केउमले उत्तर कोरियाको विषयमा राष्ट्रपति मुन र ट्रम्पका बीचमा टेलिफोन वार्ता भएको जानकारी पनि दिए।

उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीच यही फेब्रुअरी २७ र २८ तारिखका दिन भियतनामको हनोइमा दोस्रो शिखर बैठक गर्ने सहमति भएको छ। उत्तर कोरियाका लागि अमेरिकाका विशेष प्रतिनिधि स्टेफन बाइगनले गत हप्ता उत्तर कोरियाको भ्रमण गरेर शिखर बैठकको मितिमा सहमति जुटेका थिए।

उनीहरुबीच बहुचर्चित र अनपेक्षित मानिएको पहिलो शिखर बैठक गत वर्षको जुन महिनामा सिङ्गापुरमा भएको थियो। लामो समयदेखि एकअर्कालाई कठोर शत्रुका रुपमा हेर्दै आएका उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा गत वर्षबाट सुधार आएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ