arrow

मध्यप्रदेशमा युवतीलाई बलात्कार पछि जलाइयो

logo
प्रकाशित २०७२ फागुन २७ बिहिबार
rape-case.jpg.jpeg
नयाँ दिल्ली । भारतकी एकजना १६ वर्षिया युवती यौनहिंसाको अर्का शिकार भएकी छिन् । भारतमा हुने गरेको यस्तो हिंसाको उनी पछिल्लो शिकार हुन् । भारतको मध्यप्रदेशकी १६ वर्षीया युवतीलाई बलात्कार गरी आगो समेत लगाइएको थियो । उनलाई उपचारको लागि अस्पताल भर्ना गरिएकोमा बुधबार बिहान निधन भएको छ । उनी आफ्नै घरको छतमा बलात्कृत भएकी थिइन् । त्यसपछि उनलाई आगो लगाएर हत्याको प्रयास गरिएको थियो । 
 
गत सोमबार बलात्कृत भएकी उनको शरीको ९० प्रतिशत अंग जलेको चिकित्सकले बताएका थिए । बताइएअनुसार ती युवतीको बुधबार बिहान मृत्यु भएको हो । अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले भनेका छन्– दुर्भाग्यबस् हामीले उनलाई बचाउन सकेनौँ, बुधबार बिहान अस्पतलामा नै उनको ज्यान गएको छ । अभियुक्तमध्येका एकजना १९ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । उसलाई थुनामा राखेर अनुसन्धान सुरु गरिएको ती अधिकारीको भनाई छ ।
 
त्यस बलात्कारमा अरु युवाको पनि सम्लग्नता हुनसक्ने अनुमान गरिएको छ । तर यथार्थ भने पत्ता लागेको छैन । यसमा के कति कारण छ र अरु पनि को कसको सम्लग्नता छ भनेर खोजी जारी राखिएको प्रहरीले जानकारी दिएको छ । सन् २०१४ को डिसेम्बर महिनामा एकजना मेडिकल विद्यार्थीमाथि सामुहिक बलात्कार भएको थियो । त्यसमा सम्लग्नहरु सबैजनालाई कडा कारबाही भइसकेको छ । 
 
त्यस घटना भारतमा हुने गरेको यौन हिंसाको पराकाष्ठाका रुपमा विश्वव्यापी विरोध भएको थियो । त्यसयता भारतमा भएका यस्ता बलात्कारका घटनामा सम्लग्नलाई कडा कारबाही गर्ने गरिएको छ । दुई वर्षअघिको उक्त घटनापछि भारतमा यस्तो कुकर्ममा सम्लग्न व्यक्तिलाई कडा भन्दा कडा कारबाही गर्ने गरी कानुन ल्याइएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ