मध्य तमोर जलबिधुत आयोजनाको साँढे ९ अर्व वित्तीय ब्यबस्थापनमा सात बैंक
प्रकाशित २०७५ माघ २७ आइतबार
805
Shares
काठमाडौं। सानिमा हाइड्रो समूहको सानिमा मिडिल तमोर हाईड्रोपावर लिमिटेडले प्रबर्धन गरेको ७३ मेगावाट क्षमताको मध्य तमोर जलबिधुत आयोजनाको वित्तीय ब्यबस्थापन नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाई तथा नविल बैंक र ग्लोबल आइएमई बैंकको सह अगुवाईमा आइतवार भएको छ ।
आयोजनाको कुल लागत बाह्र अर्ब अठ्सठ्ठी करोड रहेको छ। आयोजनामा ७ बटा बैंकहरुको सहवित्तियकरण द्वारा ७५ प्रतिशत अर्थात ९ अर्व ५१ करोड ऋण लगानी गरिनेछ ।
वित्तीय ब्यबस्थापनका अन्य सहभागी बैंकहरुमा एनएमबी बैंक, एनसीसी बैंक, लक्ष्मी बैंक र नेपाल एसबीआइ बैंक रहेका छन्।
मध्य तमोर जलबिधुत आयोजना ताप्लेजुंगस्थित मिक्वा खोला र फक्तान्लुंग गाउपालिका भएर बग्ने तमोर नदीमा प्रस्ताब गरिएको छ। आयोजनाको व्यवसायीक उत्पादन २०७८ भाद्र २८ गते लक्ष्य रहेको आयोजना कार्यालयले जनाएको छ।