- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । साउदी अरबको सहयोगले पाकिस्तानी प्रधानमन्त्रीको एउटा संकट गर्ने सम्भावना देखिएको छ । आर्थिक संकटमा गुज्रिएको इमरान खानको सरकारलाई साउदीले केही लगानीको एउटा प्याकेज दिने तयारी गरेपछि इमरानको यो संकट केही पर धकेलिने सम्भावना बढेको हो ।
मुलुकमा आर्थिक संकट चुलिन थालेपछि इमरानले मुस्लिम मुलुकहरुसँग सहयोगको आग्रह गर्दै आएका थिए । इमरान सरकारको सबैभन्दा बढी समस्या भनेको विदेशी मुद्राको अभावको हो । समाचार एजेन्सी एएफपीका अनुसार साउदी अरबले यो समस्याको घडीमा पाकिस्तानलाई दिन लागिएको यो सहयोग निकै महत्वपूर्ण रहेको मानिसएको छ ।
क्राउन प्रिन्स मोहम्मद बिन सलमान तथा उनका केही महत्वपूर्ण सहयोगीहरु छिट्टै नै इस्लामावादको भ्रमण गर्ने तयारीमा छन् । पाकिस्तानका प्रधानमन्त्री खानले त प्रधानमन्त्रीमा आफ्नो कार्यभार सम्हालेपछि दुईपटक रियादको भ्रमण गरिसकेका छन् । यो मात्रै नभएर इमरान अन्य धेरै मुस्लिम मुलुकहरुमा सहयोगको लागि आग्रह गर्दै भ्रमण गरिसकेका छन् ।
साउदीको लगानी रणनीतिक रुपले महत्वपूर्ण
चीनको महत्वाकांक्षी परियोजना चाइना-पाकिस्तान इकोनोमिक करिडोरको महत्वपूर्ण केन्द्र ग्वादर पोर्ट हो। अरब सागरको छेउमा रहेको ग्वादर पोर्टमा साउदी अरबले १० बिलियन डलरको ठूलो लगानी गर्ने तयारी गरेको छ । त्यहाँ रिफाइनरी तथा तेल कम्प्लेक्सको लागि गर्न लागिएको हो । चीन तथा पाकिस्तानको लागि यो ग्वादर पोर्ट रणनीतिक तरिकाले समेत एकदमै महत्वपूर्ण मानिएको छ । यसले चीनलाई भने टाउको दुखाई बढ्ने आशंका गरिएको छ ।
भारत-ईरानको चाबहार पोर्टबाट ग्वादर पोर्ट त्यति टाढा छैन । चाबहार पोर्टको चारै तिर जमिनले घेरिएको देश अफगानिस्तान मार्फत् भारतमा नयाँ मार्ग खुलीरहेको छ । यो बाटो खुलेपछि भारतले पाकिस्तानको बाटो प्रयोग गर्नुपर्ने आवश्यकता रहँदैन ।
रियादको पाकिस्तानमा गर्न लागिएको लगानी अर्थव्यवस्थालाई गति दिने हिसावले दीर्घकालिक मानिन्छ । साउदीले गर्ने यो लगानी फेब्रुअरीको अन्त्यदेखि नै सुरु हुने बताईएको छ । वैश्विक स्तरमा समेत पाकिस्तानको विग्रँदै गएको अर्थव्यवस्था तथा कमजोर शेयरलाई रियादको यो लगानीले धेरै ढाडस दिने विश्वास गरिएको छ । मध्य पूर्वमा साउदी अरब तथा यूएई पाकिस्तानको सबैभन्दा ठूलो सहयोगी हो । दुबैले मिलेर कूल ३० विलियन डलरको आर्थिक सहायता गर्ने प्रस्ताव पाकिस्तानी प्रधानमन्त्रीसँग गरेका छन् ।