arrow

भारतले पठाएको दर्जन बढी घातक खाम, जसले ग्रीसलाई बनायो आतंकित

ग्रीस र भारतको सम्बन्धमा नै दरार उत्पन्न हुने संकेत

logo
प्रकाशित २०७५ माघ २८ सोमबार
grece-india.jpg

काठमाडौं। भारतबाट पठाईएको केही बन्द खामको कारण ग्रीसमा हंगामा मच्चिएको छ। केही दर्जन भारतबाट पठाईएको खामलाई ग्रीस सरकारले शंकास्पद मानेपछि यसको विषयमा अहिलेपनि छानविन चलिरहेको छ।

ग्रीसको केही विश्वविद्यालयमा पठाईएका ती खामहरु लिएपछि ती विश्वविद्यालयका कर्मचारीहरुमा एलर्जी जस्ता समस्याहरु देखिएपछि उनीहरुलाई अस्पताल भर्ना गरेर सो विषयमा छानविन सुरु गरिएको छ। ती खामहरुमा केही इस्लामिक सामग्रीहरु समेत भेटिएको छ। ग्रीसको एउटा अनुसन्धान एजेन्सीले ती खामहरुमा केमिकल, बायोलोजिकल, रेडियोऐक्टिभ तथा न्यूक्लियर खतरा देखेपछि एजेन्सीको टोली समेत सतर्क बनेका थिए । यो घटनाले भारत र ग्रीसको सम्बन्धमा समेत समस्या निम्त्याउने आशंका गर्न थालिएको छ। स्मरणयोग्य के छ भने संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा जाने भारतको इच्छामा ग्रीसले समेत सहमती जनाएको छ। 

केही खामभित्र इस्लामिक सामग्रीहरु 
ती खामहरु भारतबाट विभिन्न विश्वविद्यालयहरुमा पुगेको थियो । ग्रीसको एजेन्सबाहेक अन्य शहरहरु अरता, स्पार्टा तथा वोलोजमा समेत त्यस्ता शंकास्पद खामहरु मिलेका छन् । यसमध्ये केही खामको भित्र इस्लामिक धर्मालम्बीहरुले प्रयोगगर्ने केही सामग्रीहरु समेत भेटिएको छ । यस्तो भेटिएपछि ग्रीसको आतंकवाद विरुद्ध लड्ने फोर्सले समेत यसमा अनुसन्धान सुरु गरेको छ । यस सम्बन्धमा भारतीय प्रशासनले समेत ग्रीससँग नियमित सम्पर्क गरेर त्यसको विषयमा जानकारी लिईरहेको भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख गरिएको छ । 

ग्रीसका सिविल प्रोटेक्शन विभागका महासचिवका अनुसार ती खामहरुमा भेटिएको शंकास्पद बस्तु केमिकल जस्ता छन् । अहिलेसम्मको जाँचका अनुसार ती केमिकलहरु औद्योगिक प्रयोजनको लागि प्रयोग हुने केमिकलहरु रहेका छन् । ती केमिकलहरु बढी मसिहरु बनाउने काममा प्रयोग गरिएको छ । अहिले सो पदार्थलाई प्रयोगशालामा पठाईएको छ ।  

यसरी खुल्यो शंकास्पद खामको कहानी 
ग्रीक प्रशासनका अनुसार ती खामहरु भारतबाट क्रिसमसको समय ताका पठाईएको पाईएको छ । यस्ता खामहरु सबैभन्दा पहिले ग्रीसको मिटालिनी तथा लेसवास विश्वविद्यालयमा भेटिएको थियो । जब ती विश्वविद्यालयका ६ जना कर्मचारीहरुले यसको बारेमा प्रशासनलाई बताए । ती कर्मचारीहरुको शरीरमा त्यो केमिकलले तत्कालै प्रतिक्रिया देखाउन थालेपछि उनीहरुलाई अस्पताल पठाईएको थियो भने स्थानीय प्रशासनलाई यस विषयमा खबर गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ