arrow

वालिङ महोत्सवमा खचाखच दर्शक : १२ दिनमा १२ करोडको कारोवार

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ माघ २८ सोमबार
waling.jpg

स्याङ्जा । तीन दिन अगाडी सम्म मौसमले साथ नदिएर निरासा बनेका सातौ वालिङ महोत्सवका आयोजकहरु शनिवार देखि केही हसिलो मुन्द्रामा देखिएका छन् । बुधवारबाट परेको अविरल झरीले महोत्सवलाई निकै खल्लो तुल्याएको थियो । मौसममा सुधार सगै महोत्सव अवलोकन गर्ने दर्शकले महोत्सव स्थल खचाखच भरिएको छ ।

चिसो मौसम सगै झरीबादलले महोत्सव अवलोकन गर्न नपाईने होकी भन्ने चिन्ता स्याङ्जाबासीमा रहेको थियो । तीन दिन सम्म खराब मौसमका कारण महोत्सवको गेट खोल्नै नसकेका आयोजकहरुले शनिवार मौसममा सुधार आउने देखिपछि महोत्सव सञ्चालन गरेका थिए । शनिवारबाट मौसममा सुधार आएपछि अहिले पर्वत, पाल्पा, गुल्मी र स्याङ्जाका दर्शकहरु वालिङ महोत्सव अवलोकन गर्न आएको आयोजकले जनाएको छ ।

१२ दिन सम्म संचालन हुने सातौ वालिङ महोत्सव खराब मौसमका कारण थप तीन दिन थप गरेका छन् । माघ २८ गते समापन हुने महोत्सव अब फागुन २ गते समापन गरिने सातौ महोत्सव सचिवालय संयोजक केशरबहादुर खाँण(ध्रुव) ले जानकारी दिए । मौसम खराव भएपछि महोत्सव संचालन गर्न सकेनौ सचिवालय संयोजक खाँणले भने,“सबैको चाहाना अनुसार हामीले महोत्सव संचालन गर्न तीन दिन थपेका छौं ।” जसले गर्दा दर्शक र महोत्सवमा व्यपार व्यवसाय गर्न आएका सबैको चाहाना परिपुर्ति हुने छ खाँणले भने । मौसमले साथ नदिदा निरासा बनेका आयोजक दर्शकको चापक बढे सगै पछिल्लो समय निकै खुशी देखिएका छन् ।
 
१५ करोडको कारोवार र ४ लाख दर्शक भित्राउने लक्ष्य लिएको सातौ वालिङ महोत्सवले लक्ष्य प्राप्ती गर्नेमा ढुक्क देखिएका छन् महोत्सव मुल आयोजक समितिका संयोजक शोभाकान्त पौडेल । महोत्सवको उद्घाटन सत्र देखि निकै उत्साह जागेको थियो संयोजक पौडेलले भने,“मौसमले साथ नदिएर निरासा बनाएपनि पछिल्लो समय हामीलाई फेरी उत्साह थपेको छ ।” प्राकृतिक सगँ कसैको केही लाग्ने रहेनछ अब मौसमको सुधार हुने संकेत देखा परेको छ पौडेलले भने । महोत्सव अवलोकन गर्न आउने सबै दर्शकलाई एउटै थलोमा विविध कार्यक्रम आयोजकले राखेको छ ।

युवाका लागि भलिवल प्रतियोगिता, वालवालिकाका लागि वालउद्यान देखि लिएर स्याङ्जा आईडल, विद्यार्थीका लागि शैक्षिक प्रदशनी, किसानका लागि कृषि तथा पशु प्रर्दशनी लगायत सगै आँधीखोलामा जल विहार, रत्यौली प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारको बझोड प्रस्तुति, कृतिम चिडिया घर लगायत थुप्रै व्यापारीक स्टलहरु रहेका छन् । महोत्सवलाई सफल बनाउन यहाँका उद्योगी व्यवसायीले साथ दिएका छन् प्रचार प्रसार संयोजक पदमराज गुरुङ्ले भने,“व्यावसायी मात्रै नभएर स्याङ्जावासीको अथाह माया पाएका छौं ।” यो साथ र सहयोगले २०७७ सालमा हुने आठौ वालिङ महोत्सव सफल हुने विश्वासका साथ अगाडी बढेका छौ गुरुङ्ले भने ।

महोत्सवमा आउने दर्शकलाई शौचालय देखि लिएर खानेपानीको राम्रो व्यवस्था गरेको सरसफाई तथा खानेपानी व्यावस्थापन संयोजक खुमबहादुर रानाले बताए । १२ दिन सम्म आईपुगेको सातौ वालिङ महोत्सव तीनदिन थप गरेपछि १५ दिन सम्म चल्ने छ । अहिले सम्म करिव १२ करोडको कारोवार भएको आयोजकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ