arrow

मङ्गोलियामा सडक दुर्घटनामा कम्तीमा दशको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७५ माघ २८ सोमबार

लान बाटोर, मङ्गोलिया। मङ्गोलियामा ‘चिनियाँ नयाँ वर्ष’को उपलक्ष्यमा दिइएको विदा मनाउने क्रम भएका सडक दुर्घटनामा परी कम्तीमा दश व्यक्तिको मृत्यु भएको छ। यस दुर्घटनाहरुमा अन्य ११ जना घाइते भएका छन्। यस पर्वलाई स्थानीय भाषामा ‘ह्वाइट मुन’ भन्ने गरेको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ।

नयाँ वर्ष मनाउने क्रममा फेब्रुअरी ४ देखि ८ सम्ममा ९ व्यक्ति गम्भीर घाइते भएका थिए। जथाभावी रुपमा सवारी साधान अघि बढाउनु, क्षमता भन्दा बढी व्यक्ति सवार हुनु जस्ता कारणले नै दुर्घटना भएको समाचारमा जनाइएको छ।

यस पर्वमा मान्यजनलाई सम्मान गर्ने परम्परा पनि रहदै आएकाले आफ्ना माता पिता, हजुरबा आमा र अन्य मान्यजनसँग भेटघाट गर्न यात्रा सर्वसाधारण दुर्घटनामा परेको जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ