arrow

एनसेलले ल्यायो ‘एनसेलको बहार, सबैलाई उपहार’ योजना

logo
प्रकाशित २०७२ फागुन २७ बिहिबार
ncell.jpg.jpeg
काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि नयाँ उपहार योजना सर्वजनिक गरेको छ ।  ‘एनसेलको बहार, सबैलाई उपहार’ नाम दिएको  यस उपहार योजना अन्र्तगत एनसेलका ग्राहकले अब ९० दिनसम्म हरेक दिन आकर्षक उपहार पाउन सक्नेछन् । उपहार योजना फागुन २७  बाट लागु भई ९० दिनसम्म संचालनमा रहने कम्पनिले जनाएको छ । योजनामा एनसेलका सम्पूर्ण नयाँ तथा पुराना प्रिपेड तथा पोष्टपेड ग्राहकले भाग लिई प्रत्येक दिन निश्चित डेटा प्याक, बोनस ब्यालेन्स, बोनस टक टाईम, रात्रि टक टाईम, बोनस एसएमएस र एमएमएस लगायतका मध्येबाट कुनै एक उपहार स्वरुप प्राप्त गर्न सकिनेछ ।
 
एनसेलका ग्राहकले १७१२४ मा डायल गरी अथवा अंग्रजीको पहिलो अक्षर ‘ए’ टाईप गरी १७१२४ मा एसएमएस पठाई यो योजनामा निःशुल्क सहभागी हुने एनसेलले जनाएको छ । सहभागिता जनाए पछि ग्राहकले विविध उपहारहरु मध्ये एक उपहार हरेक दिन योजना अवधिभर लगातार पाउनेछन् ।
 
योजनामा रु ५० बोनस ब्यालेन्स, रु २५ बोनस ब्यालेन्स, रु १५ बोनस ब्यालेन्स, ९ एमबी डेटा, ६ एमबी डेटा, ५ मिनेट बोनस टक टाईम, १० बोनस एसएमएस र एमएमएस, रु १० रात्री टक टाईम बोनस, रु १० रात्री बोनस, ५ बोनस एसएमएस लगायतका उपहारहरु रहेका छन् । यसरी प्राप्त हुने उपहार ग्राहकले त्यसै दिन अर्थात रात्री १२ बजेभित्र प्रयोग गरी सक्नुपर्ने छ । रात्री १२ बजे पछि अघिल्लो दिनको उपहार स्वतः सकिनेछ र सोही उपहार ग्राहकले फेरी अर्को २४ घण्टाका लागि मान्य हुने गरी पाउनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ