arrow

केही वर्ष भित्रै प्रदेश २ समृद्ध प्रदेश : मुख्यमन्त्री राउत

logo
राखी साह,
प्रकाशित २०७५ माघ २८ सोमबार
pradesh-21.JPG

जनकपुरधाम । प्रदेश नम्बर दुईका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले समृद्धिको लाति नीति र नियत दुबै स्पष्ट हुनु पर्ने बताएका छन् ।  राष्ट्रिय योजना आयोगले सोमबार जनकपुरधाममा आयोजना गरेको १५ औ योजनाको आधारपत्र सम्बन्धि प्रादेशिक परामर्श बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले नियत स्पष्ट नभए पछि नीति कार्यान्वयन नहुने बोल्दै  सरोकारबलाहरुलाई नियत समेत स्पष्ट गर्न आग्रह गरे ।

मुलुकले यस १४ वटा पँचवर्षिय आवधिक योजना बनाइ सके पनि उपलब्धि हासिल गर्न नसक्नुको कारणहरु औल्याउदै अगामी दिनमा अघि बढनु पर्ने उल्लेख गरे । तलदेखि माथि सम्म व्याप्त कुशासन, भ्रष्टाचार जस्ता समस्याहरुले लक्ष्य प्राप्तिमा अवरोधक बनि रहेको उल्लेख गर्नु हुँदै उहाँले त्यस्ता कुशासन अन्त्य गर्ने काम आफै वाट शुरु गर्नु पर्ने उल्लेख गरे ।  १३६ वटै स्थानीय तहका प्रमुख उपप्रमुखहरुको उपस्थिति रहेको उक्त बैठकमा मुख्यमन्त्री राउतले संविधानले प्रदत गरेको अधिकारलाई नै टेकेर प्रदेश र स्थानीय सरकारले सहकार्य गरे केही वर्ष भित्रै प्रदेशलाई समृद्ध प्रदेश बनाउने प्रतिबद्धता गरे।

रकम छर्ने साना योजनाहरुले समृद्धिको बाटो पहिल्याउन नसक्ने जिकिर गर्नु हुँदै मुख्यमन्त्री राउतले भने अबको विकास ठोस प्रकारको हुनु पर्ने बताए ।मुख्यमन्त्री रौतले ,‘ ५० हजार एक लाखको योजना छनौट तिर हामी नलागौ ठोस योजनाहरुको पहिचान गरौ । जसले हामीलाई समृद्ध बनाउछु ।

केन्द्रितकृत मानसिकताले अहिले पनि संघीयतालाई धरापमा पार्न खोजि रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले आफनो काम कर्तव्यले संघीयतालाई बलियो बनाउने जिम्मेवार प्रदेश र स्थानीय सरकारको हाथमा रहेको दावी गरे।  मुख्यमन्त्री राउतले कृषि , उद्योग र पर्यटन मुख्य आधार भएको प्रदेश नम्बर दुई भागका लागि त्यसै अनुरुपको योजनाहरु निर्माण गरि दिन योजना आयोग संग आग्रह समेत गरे।

मुख्यमन्त्री राउतले  हुलाकी सडक, सुनकोशी, कमला डाइभर्सन, स्पष्ट औद्योगिक नीति जस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्न आग्रह गर्नु भएको हो । योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, प्रदेश नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झा सहितका वक्ताहरुले आफनो तर्क राखे को  थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ