अर्थ मन्त्रालयका ६२ कर्मचारीले भारतमा तालिम लिने, दोस्रो लटमा २० ले लिदै
प्रकाशित २०७५ माघ २८ सोमबार
233
Shares
काठमाडौं । नेपाल सरकार अर्थ मन्त्रालयका २० कर्मचारीको टोलीले ‘इन्स्टिच्यूट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाईनान्स’ इन्गाफमा सञ्चालन हुने ग्लोवल पर्सपेक्टीभ अन पव्लिक फाइनान्सियल मेनेज्मेन्ट विषयको तालिम माघ २८ सोमबारदेखि सुरु गरेको छ ।
भारतको विदेश मन्त्रालयको भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेको नेपाली कर्मचारीहरु सहभागी भएको यो दोस्रो अवसर हो ।
कूल ६२ कर्मचारीहरुलाई प्रदान गरिने उक्त विशेष तालिम नेपालको अर्थ मन्त्रालयको अनुरोध तथा आवश्यकता अनुरुप तयार पारिएको हो ।
यस तालिमले विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण अनुदान तथा प्रतिदानको लेखाविधि, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरिक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषयहरुमा चलिरहेको विश्वव्यापी अभ्यासबारे केन्द्रीत छ ।
प्रथम ब्याचका २० नेपाली कर्मचारीहरुले २०७५ माघ १० गते देखि १० दिन लामो तालिम लिएका थिए ।
इन्गाफ भाारत सरकारको सार्वजनिक अर्थ व्यवस्थापन क्षेत्रको आधुनिक सिकाई सुविधायुक्त एक प्रमुख तालिम केन्द्र हो ।
अर्थ तथा व्यवस्थापन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यस संस्था इन्सिट्युचन अफ इन्टरनल अडिटर्स फ्लोरिडा, एटलान्टा स्कूल अफ पब्लिक पोलीसी, ड्युक विश्वविद्यालय, मेनेज्मेन्ट डेभलोप्मेन्ट इन्स्टिच्युट गुरेगाउँ, ईण्डियन इन्स्टिच्युट अफ मेनेजमेन्ट बैंगलुरु लगायतका प्रमुख संस्थाहरु सँग आबद्ध छ।
इन्गाफले संसारभरका विकासशील राष्ट्रका कर्मचारीहरुलाई व्यवसायिक तालिम प्रदान गर्दै आएको छ ।