arrow

महासचिव भएपछि प्रियंका पहिलो सार्वजनिक कार्यक्रममा

logo
एएनआई,
प्रकाशित २०७५ माघ २८ सोमबार
gandhi-general-secretary-priyanka.jpg

लखनउ, भारत। भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको महासचिवमा नियुक्त भएपछि प्रियंका गान्धी सोमबार पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएकीथिइन्। उत्तर प्रदेश हेर्ने मुख्य जिम्मेबारीसहित केहीदिन अगाडि महासचिवमा नियुक्त भएकी गान्धीले सोमबार उत्तर प्रदेशकै लखनउमा भएको बृहत सडक र्‍यालीमा सहभागी भएकीहुन्।

बहुप्रतिक्षित यस कार्यक्रममा जनसहभागिता पनि उल्लेख्य नै भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। उनीहरुले र्‍याली अवधिभरी नाच्ने, गाउने, नारा लगाउने आदि गरेका थिए। कार्यक्रममा उनका दाजु तथा पार्टी अध्यक्ष राहुल गान्धीसहित थुप्रै शीर्ष नेताहरुपनि सहभागी भएका थिए।

लखनउ उच्च अदालतदेखि काँग्रेस प्रदेश मुख्यालयसम्म सवारी साधनको छतबाट गान्धीले झण्डै पाँच घण्टा लगातार हात उठाएर बाटो बरीपरी उपस्थित शुभचिन्तकलाई अभिवादन गरेकीथिइन्। उज्यालो रङको कुर्ता र चुरिदार लगाएर कार्यक्रममा सहभागी भएकी ४७ बर्षीया गान्धीलाई उनका श्रीमान्ले पनि “नयाँ यात्रा”का लागि शुभकामना व्यक्त गरेका थिए।

श्रीमान रोबर्ट भद्राले सामाजिक सञ्जालमा लेखेका छन्, “उत्तर प्रदेशमा काम गर्ने र देशभरका भारतीय नागरिकको सेवा गर्ने मेरी श्रीमतीको नयाँ यात्राका लागि हार्दिक शुभकामना छ, प्रियंका मेरोलागि सवै भन्दा प्यारो साथी तथा अत्यन्त असल श्रीमती र जिम्मेबार आमा पनि हो।”

“जनताको सेवा गर्न प्रियंकालाई सफलता मिल्नेछ र त्यसका लागि हामी सवैले साथ र सहयोग गर्नुपर्दछ, म त्यसका लागि आग्रह गर्दछु” उनले फेसबुकमा लेखेका छन्।

राजनीतिमा प्रियंकाको प्रवेशलाई आसन्न निर्वाचनबाट पार्टीलाई फेरी सत्तामा पुर्‍याउने बलियो कडीका रुपमा व्याख्या गरिएको छ। लामो समय सत्तामा रहेको भारतीय राष्ट्रिय काँग्रेस पार्टी गत सन् २०१४ मा भएको आम निर्वाचनपछि प्रतिपक्षमा रहेको छ। झण्डै २० वर्ष पार्टीको नेतृत्व गरेकी सोनिया गान्धीले एक वर्ष अगाडि आफ्नो छोरा राहुललाई पार्टी अध्यक्षमा नियुक्त गरेकी थिइन् भने त्यसको एक वर्षपछि राहुलले बहिनीलाई महासचिवमा नियुक्त गरेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ