arrow

अमेरिकामा फेरि अर्को गोली काण्ड, पाँचको मृत्यु

हत्याराको खोजीमा व्यापक प्रहरी परिचालन

logo
प्रकाशित २०७२ फागुन २७ बिहिबार
pancilvaniya.jpg.jpeg
वासिङ्टन । संयुक्त राज्य अमेरिकामा फेरि अर्को गोली काण्ड भएको छ । त्यसमा परी कम्तीमा पनि पाँच जना मारिएका छन् ।पेन्सिलभानियाको एक निजी निवासमा अज्ञात व्यक्तिले बुधबार राति अबेरतिर अज्ञात व्यक्तिले गोली हानेर पाँचजनाको हत्या गरेको समाचार छ । मारिनेमा चार जना महिला र एकजना पुरुष रहेको बताइएको छ । चार जनाको घटनास्थलमै र एक महिलाको अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गोली लागेका अरु तीन जना गम्भीर रुपमा उपचार गराइरहेका छन् ।
 
पेन्सिलभानियाको विल्किन्सबर्गमा सो घटना भएको हो । घटनास्थलको अध्ययनबाट दुई फरक फरक हतियार प्रयोग भएको देखिएको प्रहरीको भनाई छ । प्रहरीले हत्याराको खोजी व्यापक मात्रामा गरेको छ तर अहिलेसम्म पनि कसैलाई पक्राउ गरेको छैन । एक व्यक्तिको घर परिसरमा बसेर रातिको समयमा खाइरहेका परिवारका सदस्यलाई लक्ष्यगरी गोली चलाइएको पाइएको प्रहरीको भनाई छ । 
 
प्रहरीले यसरी गोली हान्ने व्यक्ति आफ्नै साथी हुनुपर्ने अनुमान गरिएको पनि जानकारी दिएको छ । घर परिसरमा बसेर रातिको समयमा रमाइलो गरी खाइरहेका बेला सो घटना भएको अनुमान प्रहरीको छ । अमेरिकामा नागरिकले व्यक्तिगत रुपमा नै बन्दुक राख्न पाउने कानुनी प्रावधानका कारण पछिल्लो समयमा यस्ता गोलीकाण्डका दुर्घटनाहरु कैयौँ हुने गरेका देखिन्छन् । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ