arrow

ब्रेजिक्टले छ लाख रोजगारी गुम्न सक्छ : अध्ययन

logo
एएफपी,
प्रकाशित २०७५ माघ २८ सोमबार
brexit-EU.jpg

फ्रयाङ्कफर्ट एम माइन। युरोपेली संघबाट कुनै सम्झौता बिना बेलायत बाहिरिने निर्णय भएमा लाखौँ रोजगारी गुम्न सक्ने एक अध्ययनले देखाएको छ। अध्ययन प्रतिवेदनका अनुसार विश्वभरीबाट झण्डै छ लाख रोजगारी सङ्कटमा पर्नसक्ने देखिएको छ।

सोमबार सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनले विना सम्झौता युरोपेलीसँगबाट बेलायत बाहिरिएमा सबैभन्दा धेरै जर्मनीको रोजगारी प्रभावित हुने जनाएको छ। जर्मनीको पूर्वी क्षेत्रमा पर्ने हाल्लेमा रहेको आइडब्लुएच इन्स्टिच्युटका अध्ययनकर्ताहरुले यस्तो निस्कर्ष निकालेका हुन्।

उनीहरुका अनुसार युरोपको सवैभन्दा ठूलो अर्थतन्त्र भएको जर्मनीमा एक लाख तीन हजार रोजगारीलाई चुनौती हुनेछ भने दोस्रोमा फ्रान्सको ५० हजार रोजगारी खतरामा पर्नेछ।

यसले युरोपेली मुलुकहरुमा मात्रै नभई अन्य मुलुकहरुमा पनि असर पर्ने अर्थशास्त्रीहरुको अध्ययनले देखाएको छ। उनीहरूले चीनका ६० हजार र जापानका तीन हजार जनाको रोजगारीमा पनि समस्या पर्न सक्ने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ