arrow

आगलागीमा परी एक बालकसहित नौ जनाको मृत्यु

logo
प्रकाशित २०७५ माघ २९ मंगलबार
fire1.jpeg

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको करोलबागस्थित एक होटलमा भीषण आगलागी हुँदा ९ जनाको ज्यान गएको छ । 

होटल अर्पित प्यालेसमा लागेको आगोमा परी ७ पुरुष, १ महिला  १ बालकको मृत्यु भएको हो । 

आगलागी भएपछि ज्यान जोगाउने क्रममा तीन जना चौथो तल्लाबाट तल फाल हालेका थिए । जसमा एक जनाको मृत्यु भएको थियो भने दुई जना गम्भीर छन् । 

होटल पाँच तल्लाको हो ।  होटलबाट २५ जनाको उद्दार गरिएको छ । स्वास फेर्न नपाएर निसास्सिएरै उनीहरुको ज्यान गएको चिकित्सकले बताएका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ