काठमाडौं । चर्चित फुटबल प्रशिक्षक जोजे मौरिन्होले काम पाएका छन् । क्लबले खराव प्रदर्शन गरेपछि इंगलिश क्लब म्यान्चेस्टर युनाइटेडबाट निकालिएका मौरिन्हो गत डिसेम्बरदेखि बेरोजगार थिए ।
मौरिन्होले टेलिभिजनमा फुटबल शो कार्यक्रम सञ्चालन गर्ने भएका हुन् । उनलाई रुसी टेलिभिजन च्यानल आरटीले जागिर दिएको हो ।
५६ वर्षे मौरिन्होले गर्न लागेको कार्यक्रमको नाम ‘अन द टचलाइन विथ जोजे मौरिन्हो’ हो ।
पोर्चुगिच यी प्रशिक्षकले आगामी मार्च ७ तारिखदेखि कार्यक्रम संचालन गर्नेछन् । यो कार्यक्रम जुन १ तारिखसम्म चल्नेछ ।
टीभी पंडितका रुपमा उनी आउने छन् । उनले आफ्नो कार्यक्रममा च्याम्पियन्स लिग फुटबलका खेलहरुको विष्लेषण गर्नेछन् ।
मस्कोको टेलिभिजन आरटीका लागि मोरिन्होले सन् २०१८ को विश्वकप फुटबलमा पण्डितको रुपमा काम गरेका थिए । उनले सो समयमा चार दिनमात्र काम गरेका उनले एक दिनको चार लाख पाउन्ड लिएका थिए ।