arrow

विश्वभर कसरी आयो कीराहरुको संख्यामा गिरावट ? 

logo
प्रकाशित २०७५ माघ २९ मंगलबार
butterfly.jpg

काठमाडौं । विश्वभर कीरा–फट्याङ्ग्राहरुको संख्यामा गिरावट आएको पाइएको छ । बायोलोजिकल कन्जरभेसन जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदन अनुसार विश्वभर नै कीरा–फट्याङग्राहरुको संख्यामा नाटकीय ढंगले कमी आएको छ ।

इको सिस्टमलाई नै चकित पार्ने गरी कीरा–फट्याङग्राहरुको संख्यामा कमी आएको प्रतिवेदनले देखाएको छ । 

प्रतिवेदनका अनुसार  कीरा–फट्याङग्राको संख्यामा स्तनधारी जनावर, चरा र सरिसृपको तुलनामा ८ गुणाले कमी आएको उल्लेख छ । 

beetles

४० प्रतिशत कीरा–फट्याङग्राको अस्तित्व आगामी एक दशकमा हराउने प्रतिवेदनमा लेखिएको छ । 

तीव्र कृषि उत्पादन, कृषिमा प्रयोग हुने विषादी तथा जलवायु परिवर्तनका कारण नै कीरा–फट्याङग्राको संख्यामा कमी आएको निष्कर्ष निकालिएको छ । 

त्यसैगरी सहरीकरण र वनफँडानी पनि यसको कारक तत्व मानिएको छ । 

मौरीको संख्यामा आएको कमीलाई पनि यसकै कारक तत्व मानिएको छ ।  

तर जुन कीराले छाडोस् भन्ने थियो त्यो भने बढ्ने देखिएको छ । अनुसन्धानकर्ताहरुका अनुसार झिंगा र साङ्लाको संख्या बढ्ने सम्भावना रहेको छ ।

cockroach

कीराहरुले जमीनमा रहेर मानवलाई समेत मद्धत गर्दै आइरहेका छन् । उनीहरु चराहरुका समेत आहार हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ