arrow

साउदी युवराज पाकिस्तान आउने

logo
एएनआई,
प्रकाशित २०७५ माघ २९ मंगलबार
saudi_prince.png

इस्लामावाद। साउदी अरबका युवराज मोहम्मद बिन सलमानले यही महिना पाकिस्तानको भ्रमण गर्ने भएका छन्। दुई दिने भ्रमणका लागि उनी यही फेब्रुअरी १६ तारिखका दिन शनिबार पाकिस्तानको राजधानी शहर इस्लामावाद आउने कार्यक्रम तय भएको अधिकारीहरुले जनाएका छन्। पाकिस्तानका लागि साउदी अरबका राजदूत नवाफ बिन सइद अल मालिकीले सोमबार युवराज सलमानको भ्रमणको पुष्टि गरेका हुन्।

भ्रमणको सुरक्षा व्यवस्थाका लागि सुरक्षा टोलीको एक समूह सोमबार नै इस्लामावाद आइसकेका उनले बताएका छन्। त्यसैगरी स्वास्थ्यकर्मी र संचारकर्मीहरुको टोली पनि सोमबार नै इस्लामावाद आईसकेको उनलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन्। भ्रमणका क्रममा उनले आर्थिक सहायतसँगै व्यापार र दुई पक्षीय सम्वन्धका बारेमा पनि सम्झौता र छलफहरु गर्ने जनाइएको छ। अहिलेको व्यापार सम्झौता पाकिस्तानको इतिहासमै सवै भन्दा ठूलो हुने बताइएको छ।

त्यसैगरी यमन, अफगानिस्तानको संकट र त्यहाँ भइरहेको शान्ति वार्ताका प्रयासहरुका बारेमा पनि युवराज सलमान र पाकिस्तानी उच्च अधिकारीहरुले छलफल गर्ने अधिकारीहरुले बताएका छन्। गत बर्षको अक्टोबरमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको साउदी अरब भ्रमणका क्रममा साउदी अरबको तर्फबाट व्यापार तथा सहयोग सम्वन्धि प्रतिबद्धता व्यक्त भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ