arrow

दक्षिण कोरियाका अधिकारकर्मीको एक समूह उत्तर कोरिया भ्रमणमा

logo
सिन्हवा
प्रकाशित २०७५ माघ २९ मंगलबार
america-north-korea.jpg

सोल। दक्षिण कोरियाका नागरिक अधिकारकर्मीको एक समूहले मङ्गलबार उत्तर कोरियाको भ्रमण शुरु गरेका छन्। नयाँ वर्षको अवसरमा दुवै देशका तर्फबाट संयुक्त कार्यक्रम प्रस्तुत गर्न तथा दुई देशबीचको अन्य विषयगत रुपमा आवश्यक परामर्शका लागि सो समूहले उत्तर कोरियाको भ्रमणमा गएका हुन्।

मङ्गलबार उत्तर कोरियाको भ्रमणका लागि पुगेका सो समूहमा २५० जना सहभागी रहेका बताइएको छ। सो समूहमा श्रम सम्बन्धी संगठनका प्रतिनिधिहरु, प्रमुख धार्मिक संघ संस्थाका प्रतिनिधि, महिला तथा किसान आदि रहेका थिए। साथै यस समूहमा दक्षिण कोरियाका केही सांसद, पत्रकार र सहयोगी सदस्यहरु रहेका थिए। यो समूहलाई नै यो वर्ष अर्थात् सन् २०१९ मा दुई कोरियाका तर्फबाट गरिएको पहिलो संयुक्त समूहका रुपमा लिइएको छ।

यस वर्ष पनि यी दुवै देशका तर्फबाट उत्तर कोरियाका संयुक्त कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको छ। सोही प्रयोजनका लागि विभिन्न क्षेत्र र व्यावसायका नागरिकले उत्तरको भ्रमण गरेका हुन्। सो भ्रमणका क्रममा उनीहरुले मङ्गलबार उक्त संयुक्त कार्यक्रमका बारेमा आवश्यक छलफल एवम् परामर्श गरेका थिए। परामर्शका क्रममा उनीहरुले सो संयुक्त कार्यक्रम के कसरी तयारी र प्रस्तुत गर्ने भन्ने बारेमा छलफल गरेका थिए।

उक्त समूहका सदस्यहरुले आ–आफ्नो क्षेत्रका उत्तर कोरियाली विभिन्न व्यक्ति तथा पदाधिकारीहरुसँग पनि भेटवार्ता गरेका थिए। उनीहरुले त्यहाँका नेताहरुसँग पनि शिष्टाचार भेट गरेका थिए। उनीहरु दुवै देशको संयुक्त सदस्यहरुसँग विभिन्न क्षेत्रको दृश्यावलोकनका साथै अन्य कार्यक्रमहरु पनि गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ