arrow

माग सम्बोधन नभए चैतमा कडा आन्दोलन : उपेन्द्र यादव

‘कांग्रेसको नेयाँ नेतृत्वले मधेस मुद्दा समाधान गर्ने विश्वास’

logo
कुमोद अधिकारी,
प्रकाशित २०७२ फागुन २७ बिहिबार
upendra-yadav-600x0.jpg.jpeg
विराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले, संयुक्त मधेशी मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गरेर मधेशका मुद्दा सम्बोधन गर्ने  अवसर  दिए पनि त्यसतर्फ सरकार गम्भीर नभएको बताएका छन् । विराटनगरमा संचारकर्मीसंग कुरा गर्दै मधेश मुद्दाप्रति सरकार गम्भीर नभए चैतको पहिलो हप्तादेखी आफुहरु आन्दोलनमा जान वाध्य हुने बताए । 
 
अध्यक्ष यादवले अझै पनि समय रहेकाले  आन्दोलन अगाबै मेधेशको मुद्दा सम्बोधन गर्न मूख्य दलहरुलाई आग्रह समेत गरे । सिमांकन, संघीयताको स्वरुप तथा प्रदेशको क्षेत्राअधिकार लगायतका विषय मोर्चाको मूख्य माग रहेको यादवले प्रस्ट्याए । अध्यक्ष यादवले मधेशको उचित मुद्दा तथा राष्ट्रका सवाललाई सम्बोधन गरेर मुलुकलाई निकास दिन सबै लाग्नुपर्ने बताए ।  
 
जनताको चाहना र भावना  अनुसार मधेशका माग सम्बोधनमा सहज होस भन्ने उद्देश्यले आन्दोलनको स्वरुप परिवर्तन गरेको यादवको भनाई छ ।   मधेशको मुद्दा सम्बोधन नभएसम्म सरकारमा जाने कुरा असम्भव रहेको उनले सुनाए । मधेशका माग सम्बोधन नभएसम्म जुन सुकैपार्टीको नेतृत्वमा सरकार बनेपनि मधेशीमोर्चा सहभागी नहुने यादवले प्रस्ट्याए । 
 
अध्यक्ष यादवले कांग्रेसको १३औं महाधिवेशनवाट आएको नेतृत्वले मधेश समस्या समाधनगर्ने कुरालाई आफुले सकारात्मक रुपमा लिएको बताए । मधेशका मुद्दा सम्बोधनगर्ने  विषयमा कांग्रेसका  नव निर्वाचि पार्टि अध्यक्षले गरेको प्रतिवद्धतालाई व्यवहारमा कार्यान्वयनगर्न समेत आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ