arrow

अफगानिस्तानका पूर्वराष्ट्रपति मुजाद्धादीको निधन

logo
सिन्ह्वा,
प्रकाशित २०७५ माघ २९ मंगलबार
afgan-former-president-died-Sibghatullah_Mojaddedi.jpg

काबुल। अफगानिस्तानका पूर्वराष्ट्रपति सिब्घाटुल्लाह मुजाद्धादीको सोमबार राती निधन भएको छ। स्थानीय सञ्चार माध्यमहरुले ९३ बर्षको उमेरमा उनको काबुलमै निधन भएको समाचार मङ्गलबार संप्रेषण गरेका छन्।

सन् १९९२ को अप्रिलमा नाजिबुल्लाहले राजिनामा दिएपछि मुजाद्धादीले अन्तरिम राष्ट्रपतिको रुपमा देशको सेवा गरेका थिए।

त्यसैगरी उनी सन् २००३ मा ‘लोया जिर्गा’को अध्यक्ष पनि भएका थिए। सन् २००१ को अन्त्यमा तालिबानहरुको शासन सत्ता अन्त्यपछि जारी भएको संविधान पनि उनले अनुमोदन गरेका थिए।

पूर्व राष्ट्रपति मुजाद्धिदी अफगानिस्तानको ‘नेसनल लिबरेसन फ्रन्ट’ नामक पार्टीको संस्थापक पनि छन्। उनको बुधबार अन्त्येष्टि गर्ने कार्यक्रम तय भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ