arrow

सिरियामा भएको आक्रमणका ७० जना हताहत

logo
सिन्ह्वा,
प्रकाशित २०७५ माघ २९ मंगलबार
air-strike-syria-usa.JPG

दमासकस। सिरियाको पूर्वी क्षेत्रमा भएको हवाई आक्रमणमा परी मृत्यु र घाइते हुनेको संख्या करिब ७० पुगेको अधिकारीहरुले बताएका छन्। अमेरिका नेतृत्वको सेनाले मङ्गलबार आक्रमण गरेको अधिकारीहरुलाई उद्धृत गर्दै राज्यद्धारा सञ्चालित टेलिभिजनले जनाएको छ। पूर्वी ग्रामीण क्षेत्र डेइर अल जौरमा विस्थापित व्यक्तिहरुलाई लक्षित गरी हवाई आक्रमण भएको बताइएको छ। घटनास्थल इस्लामिक स्टेट्स (आइएस) लडाकूहरुको प्रभाव रहेको क्षेत्र मानिन्छ।

अमेरिका नेतृत्वको सिरियाली डेमोक्र्याटीक फोर्स (एसडीएफ) ले गत शनिबारदेखि आइएस लडाकू विरुद्धको अन्तिम कारबाही भन्दै आक्रमण सुरु गरेको थियो। घटना भएको क्षेत्रमा झण्डै २० हजार जना विस्थापितहरु आएर बसेका बताइएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ