arrow

काठमाडौंमा श्रीमती जिस्काएको निहुँमा कुटपिट, कुटाई खानेको घटनास्थलमै मृत्यु

logo
प्रकाशित २०७२ फागुन २७ बिहिबार
Kathmandur-hamrakura.jpg.jpeg
काठमाडौं । कुटपिट गरी एक व्यक्तिको हत्या गरेको आरोपमा काठमाडौँ इतुम्बहाल डेरा गरी बस्ने एक दम्पती पक्राउ परेको छ । नवलपरासी घर भई इतुम्बहाल बस्ने ३० वर्षीय घनश्याम अर्याल र उनको ३० वर्षीया श्रीमती मधु आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।
 
नवलपरासी घर भई सोही ठाउँ डेरा गरी बस्ने ४० वर्षीय दयाराम ढकालले बुधबार मधु आचार्यलाई जिस्काएको विषयलाई लिएर घनश्यामले ढकाललाई कुटपिट गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ