arrow

साढे १८ करोड बिगो दाबिमा साढे २ करोड धरौटीमा छुटे गोपाल खड्का

logo
प्रकाशित २०७५ माघ २९ मंगलबार
gopal-khadka-final-final.jpg

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे १८ करोड भन्दा बढि बिगो दाबि सहित विशेष अदालतमा दायर गरेको मुद्दामा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का साढे २ करोड धरौटीमा छुटेका छन् ।  

विशेष अदालतले भ्रष्टाचारको मुद्दामा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्कालाई दुई करोड ५० लाख धरौटी बुझाएर छुट्न आदेश जारी गरेको थियो ।

विशेष अदालतका अध्यक्ष बाबुराम अर्याल र न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्य तथा नारायणप्रसाद पोखरेलको इजलासले मंगलबार बहसपछि खड्कालाई नेपाल इन्भेस्टमेन्ट बैंकको बैंक ग्यारेन्टी राखेर धरौटीमा छुट्ने आदेश जारी गरेको विशेष अदालतका प्रवक्ता पुष्प पाण्डेले जानकारी दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध गत पुस २३ गते अकूत सम्पत्ति कमाएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । खड्काले आफू पदमा रहँदा १८ करोड ६६ लाख बराबरको गैरकानूनी सम्पत्ति कमाएको आयोगले दर्ता गरेको मुद्दामा उल्लेख थियो ।

आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० अनुसार २ वर्षसम्म कैद सजाय, बिगोबमोजिम जरिवाना तथा बिगो भराउन माग गरिएको थियो । खड्काले श्रीमती शर्मिला खड्का र अनिता लामाका नाममा अकूत रुपमा आर्जन गरेको सम्पत्ति लुकाएको आरोप लगाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ