arrow

झापा पुगेर ओलीले भने, ‘यो सरकार कसैले टीका लगाएर दाइजो दिएको दक्षिणा होइन’

logo
प्रकाशित २०७२ फागुन २७ बिहिबार
KP-oli-talking.jpg.jpeg
झापा । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको आवश्यकता विकास मात्रै रहेको बताएका छन् । झापामा एमाले मेची अञ्चल कमिटीले गरेको कार्यक्रममा ओलीले भने, ‘यो सरकार कसैले टीका लगाएर दिएको दक्षिणाजस्तो होइन ।’ तसर्थ यही सरकारले विकास निर्माणका कामलाई अगाडि बढाउँछ । ओलीले भूकम्पले क्षतिग्रस्त भएको नेपाललाई पुनःनिर्माण गर्दै सुन्दर नेपाल बनाउन सरकार दृढ रहेको सुनाए । 
 
एमाले मेची अञ्चल कमिटीले झापा विद्रोहका क्रममा पाँचजना योद्धाले सहादत प्राप्त गरेको स्थल झापाको सुखानीबाट विहिबारबाट ‘मेची अभियान’ सुरु गरेको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि सहयोगार्थ आयोजित अभियानको उद्घाटन प्रधानमन्त्री खोलीले गरे । प्रधानमन्त्री ओलीले झापा ऐतिहासिक भूमि भएको र झापा आन्दोलनकै कारण मुलुकमा गणतन्त्र स्थापित भएको बताए । 
 
प्रधानमन्त्री ओलीले झापा विद्रोहका शहीदले देखाएको बाटोमा हिँडे मात्र सहिदको सपना साकार हुने उल्लेख गर्दै झापा धार्मिक, ऐतिहासिक र पर्यटकीय भूमिसँगै राजनीतिक आन्दोलनका लागि पनि उत्तिकै महत्वपूर्ण थलो हो –भने । अभियानअन्तर्गत ताप्लेजुङको ढुङ्गेसाघुसम्म पुगेर चैत ३ गते पहिलो चरणको कार्यक्रम समापन हुने बताइएको छ । चैत ३ गते ताप्लेजुङबाट सङ्खुवासभाको गुफा पोखरी, तेह्रथुमको तीनजुरे, वसन्तपुर, धनकुटाको छिन्ताङ हुँदै चैत ६ गते सुनसरीमा अभियान समापन हुने जनाइएको छ । अभियानमा ७५ वटै जिल्लाका नेकपा (एमाले)का अध्यक्ष अगुवा नेता, कार्यकर्ता, सांसद, साहित्यकार, पत्रकार, चिकित्सकसहित १५० जनाको टोली सहभागी छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ