arrow

सिमाना सुरक्षाबारे अमेरिकी सरकार र विपक्षीबीच सहमति

logo
सिन्ह्वा,
प्रकाशित २०७५ माघ २९ मंगलबार
mexico-wall.jpg

वासिङ्टन, संयुक्त राज्य अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमानामा सुरक्षाका लागि पर्खाल निर्माणका लागि अमेरिकी सिनेटले रकम नछुट्टयाएका कारण सरकार र संसदबीच देखिएको विवादका केही बुँदामा अन्ततः सोमबार सहमति जुटेको छ।

३५ दिनसम्म अस्थायी खर्चबन्दी भएको र अमेरिकी संघीय निकायहरू खर्चविहीन हुने अवस्थाबाट गुज्रेपछि राष्ट्रपतिले एक कदम पछि हट्दै आंशिक सरकारी कार्यालयको बन्द हटेको थियो। डेमोक्र्याट तथा रिपब्लिकन नेताहरूले सीमा सुरक्षाका विषयमा एक सैद्धान्तिक सहमति गरेसँगै अर्को अस्थायी खर्चबन्दी हुने र अमेरिकी संघीय निकायहरू खर्चविहीन हुने अवस्थाबाट गुज्रिने जोखिम टरेको हो।

अमेरिकी सांसदहरूका अनुसार वाशिङटनमा भएको एक बैठकमा नयाँ सहमति जुटेको हो। सहमतिका बुँदाहरू बाहिर आइसकेका छैनन्। राष्ट्रपतिको यस सम्बन्धमा भनाई उनले पश्चिमी राज्य टेक्सासमा एक सभालाई सम्बोधन गर्ने कार्यक्रममा आउने अनुमान गरिएको छ।

अर्को खर्चबन्दी रोक्न शुक्रवारसम्म दुई पक्षबीच सहमति जुट्नैपर्ने आवश्यक थियो। अमेरिकी इतिहासकै सबैभन्दा लामो खर्चबन्दीका कारण अमेरिकी अर्थतन्त्रमा ११ अर्ब डलर घाटा भएको अनुमान गरिएको छ।

सोमवार साँझ वाशिङटनमा डेमोक्रेटिक र रिपब्लिकन नेताहरूबीच केही घन्टासम्म चलेको छलफलपछि विवादहरूमा सहमति जुटेको थियो।

रिपब्लिकन सिनेटनर रिच्ड शेल्बीका अनुसार सबै मतभेदहरू हल भएका छन्। उनल भने, “सबै विषयमा सहमति जुटेको छ। त्यसका बुँदाहरू कर्मचारीहरूले केही दिनपछि बाहिर ल्याउनेछन्।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ