arrow

मधेसी मोर्चाको मन छोयो नयाँ संविधानले (हेर्नुस् विज्ञप्ती)

logo
प्रकाशित २०७२ फागुन २७ बिहिबार
Madeshi-Morcha-Meeting.jpg.jpeg
काठमाडौं । सर्वोच्चको न्यायाधीश नियुक्तिको सिफारिसलाई लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विरोध जनाएको छ । मोर्चामा आवद्ध सात दलले संयुक्त विज्ञप्ती जारी गर्दै न्याय परिषद्को पूर्णता र संसदीय सुनुवाई समितिको गठन नभएको अवस्थामा नेपालको संविधान, २०७२ को धारा ४२ को समेत विपरित राजनैतिक आस्था र भागवण्डाको आधारमा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिको सिफारिसको मोर्चा घोर विरोध गर्दछ भनेका छन् ।
 
उनीहरुले समानुपातिक समावेशीताको सिद्धान्तका आधारमा न्याय परिषद्को पूर्णता र स्वरुप प्रदान गरी न्यायाधीशहरुको नियुक्ति गर्न जोड दिएका छन् । यद्यपि, यसअघि संविधान नमान्ने भन्दै संविधान जलाएका मोर्चा नेताहरुले सोही संविधानलाई टेकेर विज्ञप्ती निकाल्नु र सोही संविधान अनुरुप समावेशी प्रतिनीधित्वको माग गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनीहरुले संविधान जारी भएकै दिन असोज ३ गते साँझ मधेस विरोधी संविधान भन्दै जलाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ