arrow

कुख्यात तस्कर गुजम्यान १० आरोपमा दोषी 

logo
प्रकाशित २०७५ फागुन १ बुधबार
gizman.JPG

काठमाडौं । कुख्यात लागूऔषध तस्कर अल च्यापो गुजम्यान विभिन्न १० आरोपमा दोषी ठहर भएका छन् ।

अमेरिकाको न्यूयोर्कस्थित एक संघीय अदालतले मेक्सिकोका ६१ वर्षीय गुजम्यानले अवैध लागूऔषध कोकिन र हेरोइनको तस्करी गरेको, अवैधरुपमा हतियार राखेको र मुद्रा अपचलन गरेकोलगायतका आरोपमा दोषी ठहर गरिएको हो ।

मेक्सिकोको जेलमा सुरुङ बनाएर भागेपछि सन् २०१६ को जनवरीमा उनलाई गिरफ्तार गरिएको थियो । अदालतले सजाय सुनाएपछि उनको पुरै जिन्दगी जेलमै बित्न सक्ने छ । 

अमेरिकामा तस्करी गर्ने सबैभन्दा ठूला तस्कर मानिएका गुजम्यानलाई सन् २०१७ मा अमेरिका सुपुर्दगी गरिएको थियो । उनीमाथि अमेरिकामा लागूऔषध तस्करी गर्ने गरेको आरोप लागेको थियो ।

सन् १९५७ मा एक किसान परिवारमा जन्मिएका गुजम्यान अफिम र गाँजा खेतीमा काम गर्दै आएका थिए ।

गुजम्यानसंग १४ बिलियन अमेरिकी डलर रहेको विश्वास गरिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ