arrow

आईएमईका पोखरेललाई म्यानेजर अफ दि ईयर

श्रेष्ठलाई आउटस्ट्याण्डिङ म्यानेजर, निजामतीको उत्कृष्टमा खनाल

logo
प्रकाशित २०७५ फागुन १ बुधबार
suman-pokrel.jpg

काठमाडौं। नेपाल व्यवस्थापन संघले हरेक वर्ष प्रदान गर्ने म्यानेजर अफ दि ईयर अवार्ड यस वर्ष आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई दिईएको हो। संघको ३८ औं वार्षिक साधारण सभाको अवसरमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच २०१८ को वर्षभरीको कार्यसम्पादनको मूल्यांकन गरेर सो अवार्ड यो वर्ष पोखरेललाई दिईएको संघले जनाएको छ। 

व्यवस्थापन संघले विभिन्न शीर्षकमा दिने अवार्डहरु मध्ये म्यानेजर अफ दि ईयरको यो अवार्ड पाएपछि आफ्नो मन्तव्य राख्दै सिईओ पोखरेलले यो अवार्डले आफूलाई कामप्रति अझ जिम्मेवार र सक्रिय भएर लाग्नको लागि प्रेरित गरेको बताए। उनले आफ्नो कामको मूल्यांकन गर्दै दिईएको सम्मानले आफू आफ्नो पेशा प्रति र संघप्रति समेत ऋणी रहेको धारणा पनि राखे।

अहिले पोखरेलले पाएको सो अवार्ड अघिल्लो वर्ष एफवान सफ्टका अध्यक्ष एवं युवा उद्यमी विश्वास ढकाललाई दिईएको थियो। यो वर्षको आउटस्ट्याण्डिङ म्यानेजर अवार्ड द्वारिकाज होटलकी अध्यक्ष अम्बिका श्रेष्ठलाई दिईएको छ। यो अवार्ड अघिल्लो वर्ष नेपाल टेलिकमकी तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई दिईएको थियो।

संघले एक जना निजामती कर्मचारीलाई पनि उत्कृष्ट निजामती कर्मचारी अवार्ड दिने गरेको छ। सो अवार्ड अर्थसचिव डा. राजन खनाललाई दिईएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ