arrow

अन्तिमदिन राफेलको लफडा : संसदमा हंगामा, जन्तर मन्तरमा मुख्यमन्त्रीहरुको सत्याग्रह 

logo
प्रकाशित २०७५ फागुन १ बुधबार
manamohan_sonia.JPG

काठमाडौं । चुनाव अघिको संसदको अन्तिम दिन भारतमा मोदी सरकारको विरोधमा चर्को नाराबाजी चलिरहेको छ । बुधबार संसद अधिवेशनको अन्तिम दिन राष्ट्रपतिले संसदमा संवोधन गर्नै कार्यक्रम रहेको थियो । तर, सोही दिन विपक्षी पार्टी काँग्रेस आईका अध्यक्ष राहुल गान्धी, पूर्व अध्यक्ष सोनिया गान्धी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह लगायतका नेताहरु संसदमा उपस्थित भएर नै चर्को विरोध गरिरहेका छन् । 

उनीहरुको विरोधकाबीच संसदको अधिवेशनको अन्त्य गर्नको लागि आउने राष्ट्रपतिको सो प्रस्ताव समेत पास हुन सकस हुने देखिएको छ । सोही विरोध प्रदर्शनमा काँग्रेसका वरिष्ठ नेता मल्लिकार्जुन खड़गे तथा के सी वेणुगोपाल समेत राहुलसँगै आन्दोलनमा छन् । 

बुधबार मात्रै संसदमा राफेल डीलको विषय समेटिएको सीएजी रिपोर्ट पेश भएको छ । सो रिपोर्ट अनुसार युपीएको सरकारले किनेको भन्दा एनडिएको सरकारले किनेको राफेल २ दशमलव ८ प्रतिशत सस्तो रहेको रिपोर्ट पेश गरेको छ । यसलाई लिएर विपक्षीहरुले विरोध सुरु गरेका छन् । यसरी प्रदर्शन गर्ने दलमा मूलतः कांग्रेस र टीएमसी शामेल रहेका छन‍् । 

सो रिपोर्ट तत्कालीन वित्त सचिव समेत रहको महालेखा परीक्षक राजीव महिर्षीले संसदमा पेश गरेका हुन् । काँग्रेसले महर्षि आफैं सो डिलमा सहभागी भएकोले उनले रिपोर्ट पेश गर्ने नैतिक आधार नरहेको भन्दै विरोध गरेको छ । ३६ वटा राफेल खरिद प्रकरणमा महर्षिले आफूले आफैंलाई अडिट प्रक्रियाबाट बाहिर राख्नुपर्ने माग काँग्रेसको छ । 

उता केन्द्र सरकारको हस्तक्षेपको विरोधमा दिल्लीको जन्तर मन्त्ररमा मुख्यमन्त्री अरविन्द केजरीवाल र पश्चिम वंगालका मुख्यमन्त्री ममता वनर्जीले सत्याग्रहको घोषणा गरेका छन् । वनर्जीले समेत साथ दिएको सत्याग्रह बारे लेख्दै दिल्लीका मुख्यमन्त्री केजरीवालले देशका शहीदहरुको बलिदानीले ल्याएको लोकतन्त्र मोदी सरकारले आस्न लागेको भन्दै आफूहरु चुप लागेर नबस्ने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ