arrow

मुलायम सिंहले संसदमा भने 'फेरि एक पटक मोदी प्रधानमन्त्री बन्नुपर्छ'

logo
प्रकाशित २०७५ फागुन १ बुधबार
modi_mulayam.JPG

काठमाडौं । समाजवादी पार्टीका संरक्षक मुलायम सिंह यादवले फेरि एक पटक प्रधानमन्त्रीमा जित्नु पर्ने धारणा राखेका छन् । बुधबार लोकसभा बैठकको अन्तिम बैठकमा बोल्दै यादवले अहिलेकै संसदको ठोलीले फेरि जित्नुपर्ने र प्रधानमन्त्रीमा पनि नरेन्द्र मोदी नै हुनुपर्ने धारणा राखेका हुन् । मुलायमले आफ्नो पार्टी तथा विपक्षीहरुप्रति ईशारा गर्दै अहिलेको विपक्षीले बहुमत ल्याउन नसक्ने भएकोले बरु मोदी नै प्रधानमन्त्री बने ठीक हुने धारणा राखे । 

मुलायमले भने, 'म प्रधानमन्त्री जीलाई बधाई दिन चाहन्छु । उनले अरु सरकारले भन्दा बढी मिलिजुली काम गरेका छन् । हामीले कुनै कामको लागि आवाज उठाएको बेलामा तत्कालै आदेश दिने गर्दथे । त्यसैले म उनलाई धन्यवाद पनि दिन चाहन्छु।' मुलायमले अघि भनेका छन् कि, 'म भन्न चाहन्छु कि र मेरो चाहाना पनि यो छ कि सारे सदस्य फेरि जितेर आउन् । म भन्न चाहन्छु कि हामी  त यस्तो बहुमत ल्याउन सक्दैनौं । त्यसैले फेरि पनि मोदी जी नै प्रधानमन्त्री बनून् ।' यस्तो भनिरहँदा मोदीले भने हात जोडेर आभार व्यक्त गरेका थिए । त्योसँगै सांसदहरुले मेच थपथपाएर मुलायम सिंह यादवको कुराको समर्थन गरेका थिए । 

सभामुख सुमित्राको पनि तारिफ  
उनले लोकसभा अध्यक्ष सुमित्रा महाजनको समेत तारिफ गर्दै भनेका छन् कि, 'सुमित्रा जीले पनि एकदमै राम्रोसँग सदन चलाउनु भयो । सदनमा सबैलाई साथमा लिएर जान पनि सजिलो काम भने होइन । तर, तपाईले कुनैपनि त्यस्तो विवाद विना नै कार्यकाल सम्पन्न भयो । यसको लागि विशेष रुपमा धन्यवाद र बधाई दिन चाहन्छु ।' मुलायमले यस्तो बताईरहँदा सँगै रहेकी काँग्रेसकी पूर्व अध्यक्ष सोनिया गान्धी भने मुस्कुराईरहेकी थिइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ