arrow

आत्मघाती बम हमलामा कम्तीमा २७ जनाको गयो ज्यान 

logo
प्रकाशित २०७५ फागुन २ बिहिबार
attack5.jpg

काठमाडौं । ईरानको दक्षिण–पूर्वी भागमा भएको आत्मघाती बम हमलामा कम्तिमा २७ जना रिभोलुस्नरी गार्डको ज्यान गएको छ । 

बीबीसीले आक्रमणकारीले सिस्तान–बलुचिस्तान प्रान्तको खाश–जहेदान सडकमा रिभोलुस्नरी गार्डलाई बोकेको बसमा आक्रमण गरेको उल्लेख गरेको छ ।

आक्रमणमा परी २० गार्ड घाइते भएका छन् । घटनाको सुन्नी–मुस्लिम चरमपंथी समूह जैश अल–अदहलले जिम्मेवारी लिएको छ ।

सुन्नीहरुको अधिकारको पक्षमा लड्ने भन्दै यो समूहले सन् २०१२ देखि सशस्त्र संघर्ष गर्दै आएको छ ।

यो समूहमा एक लाख २५ हजार कार्यकर्ता रहेको अनुमान गरिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ