arrow

विहिबार ४ सय मत गणना, बाँकी शुक्रबार, खुमबहादुरको अग्रता कायमै

प्रकाशमान र शेखर खुमबहादुरलाई पछ्याउँदै

logo
प्रकाशित २०७२ फागुन २७ बिहिबार
cong-new.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य खुलातर्फको मत गणना शुक्रबार बिहान पुन सुरु हुनेगरी स्थगित भएको छ । बिहिबार साँझसम्म गणना भएको ४ सय मतमा खुमबहादुर खड्काको अग्रता कायमै रहयो । खुमबहादुर २ सय ४२ मत ल्याएर अग्रस्थानमा रहँदा प्रकाशमान सिंह २ सय ३७ मतका साथ दोस्रो स्थानमा छन् । यस्तै, डा.शेखर कोइरालाको समेत २ सय ३७ मत छ । शुक्रबार विहान १० बजेबाट पुनः मतगणना थालिने निर्वाचन समिति सचिव प्रदीप पराजुलीले जानकारी दिए ।  खुलाको  नियमित गणना र आरक्षणतर्फको अन्य पदको समेत मत गणना हुने सचिव पराजुलीले बताए । समावेशी मुस्लिम तर्फ भने फर्मुल्लाह मन्सुर विजयी भइसकेका छन् । 
४ सय मत गणना 
खुमबहादुर खड्का (२४२)
प्रकाशमान सिंह (२३७)
शेखर कोइराला (२३७)
प्रदीप पौडेल (२३१)
बालकृष्ण खाँण (२२६)
बिमलेन्द्र निधि (२२५)
महेश आचार्य (२२०)
रमेश लेखक (२१८)
प्रदीप गिरी (२१७)
पूर्ण बहादुर खड्का (२१४)
राम शरण महत (२०५)
सुजाता कोइराला (२०५)
धनराज गुरुङ्ग (२०५)
कुलबहादुर (केवी) गुरुङ (२०४)
विश्वप्रकाश शर्मा (२०४)
प्रकाश शरण महत (२०३)
बल बहादुर के.सी (१९७)
शंकर भण्डारी (१९४)
मिनेन्द्र रिजाल (१९२)
गोपाल मान श्रेष्ठ (१९१)
चन्द्र भण्डारी (१८७)
नारायण खडका (१८४)
बद्री पाण्डे (१८१)
ज्ञानेन्द्र बहादुर कार्की (१७९)
एनपी साउद (१७९)
जिपछिरिङ लामा (१६७)
डिना–महालक्ष्मी उपाध्याय (१६४)
पदम नारायण चौधरी (१६१)
उदय शम्शेर राणा (१६०)
मनमोहन भट्टराई (१५४)
अशोक कोइराला (१५२)

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ