arrow

भारतीय प्रधानमन्त्री मोदी दक्षिण कोरिया जाने

logo
सिन्ह्वा,
प्रकाशित २०७५ फागुन २ बिहिबार
modi-new-dahal-.jpg-l.jpg.jpeg

नयाँ दिल्ली। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही फेब्रुअरी २१ देखि दक्षिण कोरियाको भ्रमणमा जाने भएका छन्। दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनको नियन्त्रणामा मोदी दुई दिने भ्रमणका लागि दक्षिण कोरिया जान लाग्नु भएको विदेश मन्त्रालयले बिहीबार जनाएको छ।

दुई पक्षीय उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने नितीअनुसार मोदी अहिले दक्षिण कोरिया जान लाग्नु भएको अधिकारीहरुले जनाएका छन्। यसअघि दक्षिण कोरियाली राष्ट्रपति मुन यसअघि सन् २०१८ को जुलाईमा भारत भ्रमणमा आउनु भएको थियो।

मोदीको भ्रमणका क्रममा मोदी र मुनका बीचमा दुई पक्षीय सम्वन्ध, अन्तर्राष्ट्रिय राजनीति, साझा स्वार्थ, सहयोग तथा सहकार्यलगायतका विषयमा छलफल हुने अधिकारीहरुले जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ